रुपन्देहीमा बन्चरो प्रहारवाट ५ जनाको सामुहिक हत्या, मृतकको सनाखत


  • यमलाल भुसाल, बुटवल ।

रुपन्देहीमा सोमवार राती ५ जनाको बन्चरो प्रहार गरि सामुहिक हत्या गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० कान्छिबजार मैनैयामा रहेको गाई फर्ममा घटना भएको हो ।

स्थानीय तिलोत्तमा नगरपालिका वडा नं १० कान्छि बजारका कृष्ण पुनले सञ्चालन गरेको गंगादेवी पशु फर्ममा काम गर्ने ६ जना मध्ये ५ जना लाई हत्या गरिएको स्थानीय प्रदिप थापाले बताए । हत्या गरिएकाहरुमा ४० वर्षिय माधव मुसहर, ३७ वर्षिय जानकी मुसहर, १४ वर्षिय पोषराज मुसहर, १७ वर्षिय करन चौधरी र १७ वर्षिय आशिष चौधरी रहेका छन् ।

एकजना भुसभित्र लुकेको अवस्थामा फेला परेको र उनी अचेत रहेकाले उपचारका लागि अस्पताल पुर्याइएको रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताउनु भयो । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको एसपी थापाले बताउनु भयो ।

हत्यामा संलग्न भएको आशंकामा सोही फर्ममा काम गर्ने झपेन्द्र सिंजालीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले मृतकलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राख्रिएको छ ।