नेपालका ५६ विद्यालय पुनर्निर्माणका लागि भारतको २ अर्ब ९५ करोड सहयोग

0
Shares

  • न्युज अफ नेपाल,काठमाडौँ 

भारत सरकारले नेपाललाई विद्यालय पुनर्निर्माणका लागि २ अर्ब ९५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रम अन्तर्गत भारत सरकारको करिब ३ अर्ब रुपैयाँको आर्थिक सहयोगमा ५६ वटा विद्यालयहरुको पुनःनिर्माण गर्न लागेको हो ।

भारतीय दूतावासद्वारा जारी विज्ञप्ती अनुसार नेपालका गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा माध्यमिक विद्यालयको पुनःनिर्माण गर्न भारतीय दूतावास र नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ७ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनर्निर्माण हुने दूतावासले जनाएको छ ।