काठमाडौंका सबै विद्यालयलाई महानगरपालिकाको जरुरी सूचना

42
Shares

  • न्युज अफ नेपाल,काठमाडौँ

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै विद्यालयहरुका लागि जरुरी सूचना जारी गरेको छ । महानगरपालिकाले कोरोना भाईरस अर्थात् कोभिड १९ महामारीका कारण पठनपाठन ठप्प भएको भन्दै मंगलबारदेखि कक्षा १ देखि १० सम्मका कक्षाहरु रेडियो मार्फत् संचालन गरिने सूचनामा उल्लेख गरेको छ ।

आईतबार जारी गरिएको सूचनामा सबै बिद्यार्थीहरुलाई उपस्थित हुन आग्रह गरेको छ भने अभिभावकलाई जानकारी प्रदान गरी सहयोग गरिदिन आह्वान गरेको छ ।

लगातारको लकडाउनका कारण बढ्दो शैक्षिक अन्यौलताबीच काठमाडौँ महानगरपालिकाले अब महानगरद्वारा संचालित मेट्रो एफएम मार्फत् पढाइ थाल्ने भएको छ ।