केदारस्युँ गाउँपालिका ३० सैयाको आइसोलेसन निर्माण गर्दै

0
Shares

  • मानबहादुर बोहरा, बझाङ

बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकाले पालिकामा ३० सैयाको आइसोलेसन निर्माण गर्ने भएको छ । पछिल्लो समय कोरोना भाइरसका कारण सन्क्रमित हुनेको संख्या बढ्दै गए पछि गाउँपालिकाले आइसोलेसन कक्ष सन्चालन गर्ने निर्णय गरेको हो ।

केदारस्युँ गाउँपालिका अन्तरगत विभिन्न ठाउँमा बनाइएको क्वारेन्टाइनमा बसिरहेका व्यक्तिको आर डि टि चेक गरेर पोजेटिभ नतिजा आएका व्यक्तिहरु र पि सि आर पोजेटिभ आएको खण्डमा उनिहरुलाइ राख्न्को लागी गाउँपालिकाले रायलमा रहेको गर्जेपानी माध्यमिक विद्यालयको भवनमा ३० सैयाको आइसोलेसन बेड बनाउने भएको छ ।

अहिले गाउँपालिकाका विभिन्न ठाउँमा बनाइएका ११ वटा क्वारेन्टाइनमा २ सय ६५ जना बसिरहेका छन । यसैबिच पालिका भित्र मात्रै ७ जनामा आर डि टि पोजेटिभ देखिएको छ । उनिहरु मध्य ५ जनाको स्वाब संकलन गरेर पि सि आर जाँचका लागि जनस्वास्थ्य प्रयोगशाला धनगढी पठाइएको केदारस्युँ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश बलायरले जानकारी दिए ।