बझाङका स्थानीय तहले पीसीआर मेसिन खरिद गर्ने

0
Shares

  • मानबहादुर बोहरा, बझाङ

बझाङ जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्लाका स्थानीय तहले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेका छन् । सुदूरपश्चिम प्रदेशको प्रादेशिक प्रयोगशाला धनगढीमा एकमात्रै पीसीआर मेसिनको भर पर्दा रिपोर्ट आउन हप्तौं कुर्नुपर्दा संक्रमण फैलिने खतरा बढेकाले जिल्लामै प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको जनप्रतिनिधिले बताएका छन् ।

सोमबार जिल्ला समन्वय समिति, सबै पालिका प्रमुखसहित सरोकारवालाको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेका हुन् । प्रयोगशाला स्थापनाका लागि प्रत्येक गाउँपालिकाबाट १० लाख, नगरपालिकाले १५ लाख र समन्वय समितिले १५ लाख रकम जम्मा गर्ने निर्णय गरिएको छ ।

यो रकम सबै स्थानीय तहले असार १ गतेभित्रै जिल्ला विपद् व्यवस्थापन समितिको खातामा जम्मा गर्ने र त्यसलगतै खरिद प्रक्रिया अघि बढाइने भएको छ।