नवलपरासीपूर्वमा बाबु छोरी नै कोरोना संक्रमित,६३ वर्षीय महिलामा पनि संक्रमण

0
Shares

  • न्युज अफ नेपाल,नवलपरासी

नवलपरासी पूर्वमा एकै दिन ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ का २१ र ४० वर्षीय पुरुष तथा वडा नं. ६ की ६३ वर्षीय महिला रहेकाछन् ।
यसरी नै गैडाकोट नगरपालिकामा पहिलो पटक देखिएका २ जनामा वडा नं. ७ का ३९ र वडा नं.८ का ३३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा प्राप्त नमूना स्वावको परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको भरतपुर अस्पतालका प्रमुख सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले बताउनु भयो । संक्रमितहरु मध्ये कावासोती ६ निवासी ६३ वर्षीय महिला करिव १० दिन अघि भारतबाट आई स्थानीय जनता मावि क्वारेन्टाईनमा बस्दै आएकी थिईन् ।

संक्रमितहरुलाई प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसन वार्डमा लैजाने तयारी भईरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।सोमबार मात्र पूर्वी जिल्लामा ५ जनामा कोभिड १९ पुष्टि भएको छ भने जिल्लामा २२ जनामा कोरोना संक्रमण देखिएको छ ।

बाबु छोरी नै कोरोना संक्रमित

यसै गरी पश्चिम नवलपरासीमा आइतबार कोभिड १९ पुष्टि हुनेमा पाल्हि नन्दन गाउ पालिका १ का ३३ वर्षीय पुरुष र उनकै छोरी ७ वर्षीय बालिका रहेकिछन् ।

प्रादेशिक प्रयोगशाला भैरहवामा नमूना स्वाव परीक्षण गर्दा दुवै बाबुछोरीमा कोभिड १९ पुष्टि भएको हो ।
केही दिन अघि भारतबाट आएका दुवै बाबु छोरी पालिकाकै क्वारेन्टाईनमा बस्दै आएका थिए ।

क्वारेन्टाईनमा गरिएको आरडिटी परीक्षणमा पनि उनीहरुको नतिजा पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । दक्षिण सिमावर्ती क्षेत्र पाल्हिनन्दनमा हाल सम्म ११ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ भने समग्र जिल्ला भर संक्रमितको संख्या २१ पुगेको छ ।