कोरोनाका कारण ६ करोड बढी मानिस अति गरिबीबाट पीडित हुने

0
Shares

न्युयोर्क,एजेनसी ।

विश्वव्यापी कोरोना महामारीका कारण विश्वको अर्थतन्त्र ध्वस्त हुने विश्व बैंकका अध्यक्ष डेविड माल्पासले भनेका छन् । माल्पासले विश्वका अर्वौं मानिसका जीवनशैली महामारीबाट नराम्ररी प्रभावित हुने चेतावनी दिएका छन् ।

उनले अर्थतन्त्र एक दशकसम्म ओरालो लाग्ने बताएका छन् । गत मे महिनामा माल्पासले कोभिड १९ को कारण कम्तिमा ६ करोड मानिस अति गरिबीबाट पीडित हुने भविष्यवाणी गरेका थिए ।

विश्व बैंकको परिभाषा अनुसार अति गरिब अर्थ प्रतिदिन प्रति व्यक्ति १ डलर ९० सेन्ट भन्दा कम हुनु हो । शुक्रवार बिबिसी रेडियोलाई अन्तर्वार्ता दिने क्रममा उनले ६ करोड भन्दा बढी व्यक्ति अति गरिबीबाट पिडित हुने बताएका छन् ।