हत्याको अभियोगमा प्रहरी पक्राउ

0
Shares

मेक्सिको सिटी,एजेन्सी ।

मेक्सिकन राज्य जालिस्कोमा एक जना पुरुषको हत्याको सिलसिलामा तनिजना प्रहरी अधिकारीलाई पक्राउ गरिएको छ । लकडाउनको नियम उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिइएका ती ३० बर्षीय गियोभानी नामक व्यक्तिको गत महिना हिरासतमा मृत्यु भएको थियो ।

लोपेजको मत्युलाई लिएर राज्यको राजधानी गुआदाल्जारामा जन प्रदर्शन हुन थालेपछि ती दोषी प्रहरीलाई गिरफ्तार गरिएको हो । विरोध प्रदर्शनको क्रममा राज्य सरकारको मुख्यालय भवन लगायत प्रहरीका सवारी साधनहरुमाथि आगजनी गरेको अभियोगमा कम्तिमा २८ जना मानिसलाइ पनि पक्राउ गरिएको छ ।

लोपेजलाई लकडाउनका नियम मिचेकाले पक्राउ गरिएको बताइएपनि प्रहरी सुत्रले भने उनलाई मास्क नलगाएको कारण गिरफ्तार नगरिएको बताएको छ ।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुयल लोपेज ओव्राडोरले निर्माण क्षेत्रका मजदुर लोपेजको मृत्यु प्रति गहिरो समवेदना व्यक्त गरेका छन् । एमनेष्टि इन्टरनेसनलले पनि यस घटना प्रति दुख व्यक्त गरेको छ ।