जातिभेद विरुद्ध शान्तिपूर्ण -याली

0
Shares

वासिंगटन,(एजेन्सी)

अमेरिकामा प्रहरी ज्यादतीका कारण काला जातिका जर्ज फ्लोइडको मृत्यु भएको १२ औं दिन अर्थात् शनिवार रंगभेद तथा प्रहरी क्रुरताको विरुद्ध अमेरिकाभरि शान्तिपुर्ण -यालीको आयोजना गरिएको छ ।

वासिंगटनमा आयोजित -यालीमा दशौं हजार मानिसको सहभागिता रहेको छ । यसलाई अहिले सम्मकै सबैभन्दा विशाल विरोध -याली मानिएको छ । तर सुरक्षा फौजले तिनीहरुलाई राष्ट्रपति भवन व्यहाइट हाउस तर्फ बढ्नबाट रोकेको थियो ।

ठूलो संख्याको भिडले न्युयोर्क ,शिकागो , लस एन्जेल्स र सान फ्रान्सिस्कोमा पनि प्रदर्शन गरेको छ । यसैगरी फ्लाईडको अन्तयेष्टि पुर्व उनको जन्मथलो नर्थ क्यारोलिनामा मानसिहरुले उनी प्रति सम्मान र श्रद्धान्जली व्यक्त गरेका छन् ।

२५ मे मा मिन्नियापोलिस स्थित प्रहरी हिरासतमा प्हरी यातनाका कारण उनको ज्यान गएको थियो । डिरेक चौभिन नामक एक गोराजातिका प्रहरी अधिकतले उनको घाँटी आफ्नो घुँडाले अठ्याउँदै गरेको भिडियो सार्वजनिक भएपछि विरोधको लहर सिर्जना भएको हो ।