हिमाञ्चलबाट आएका ४ जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल, नवलपरासी ।

पूर्वी नवलपरासीमा भारतको हिमाञ्चलबाट आएका ४ पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. २ का २०,३५ र ४५ वर्षका ४ जना युवामा आईतबार संक्रमण पुष्टि भएको हो ।

पालिकाकै जनता आधारभूत विद्यालय क्वारेन्टाईनमा बसेका उनीहरुको स्वाव संकलनगरी पोखरा पठाइएको थियो ।

जेठ २० गते यहाँका ४५ जनाको स्वाव प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा परीक्षण गर्दा ४१ जनाको नेगेटिभ र ४ जनामा कोरोना पोजेटिभ आएको थियो ।

संक्रमित ४ पुरुष भध्ये एक जनामा स्वास्थ्य समस्या देखिए पछि शनिबारै कोरोना विशेष अस्थाई अस्पताल भरतपुर चितवान पठाइएको छ ।

अन्य ३ लाई प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसनमा राख्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशव चापागाईले बताउनु भयो ।

यसै गरी शनिबार पनि जिल्लाको विनयी त्रिवेणी गाँंपालिका वडा नं. ३ का १९ वर्षीय र ४ का १८ र २७ वर्षका युवामा संक्रमण पुष्टी भएको थियो ।

पालिकाकै क्वारेन्टाईनमा बसेका १० जनाको स्वाव भरतपुर अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टी भएको हो ।

भारतको दिल्लीबाट १ जना र केरलाबाट आएका २ जनालाई रहजरकै आईसोलेसनमा राखिएको छ ।

हाल जिल्लामा १७ जनामा कोभिड १९ पुष्टी भएको छ, जसमा १ जना २५ वर्षीय युवती उपचारपछि घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म भारतबाट आउनेको संख्या १ हजार ४ सय ५२ जना रहेको छ ।