गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय १३ पुग्यो


न्युज अफ नेपाल, पोखरा

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जामा १४, गोर्खामा १०, पूर्वीनवलपरासीमा ४, बागलुङमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा। विनोद विन्दु शर्माले जनाएका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय १३ पुगेको छ ।