न्युज अफ नेपाल, काठमाडौँ ।
रुकुम घटना सम्बन्धमा युवा अधिकारकर्मीहरुले संयुक्त प्रेस विज्ञप्तीा मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
गएको जेष्ठ १० गते जाजरकोट भेरी नगरपालिका वार्ड नं ४ निवासी नवराज विकसहित १८ जना युवामाथि पश्चिमरुकुम चौरहजारीमा सोतीका वार्ड अध्यक्ष सहितले मृतक नवराज विकको प्रेमीकाको परिवार तथा गाउँलेसहितको संलग्नतामा घटेको घटना मानवताविरोधी अपराधजन्य घटना भएकाले यसकाे निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन् ।
उक्त घटनामा नवराज विकसहित ४ जनाको मृत्यु भएको छ भने २ जना अझै पनि बेपत्ता रहेका छन् ।
आधुनिक समाजमा जातका नाममा छुवाछुतजन्य घटना हुनु हामी सबैका लागि लज्जाको विषय हुनुका साथै मानव सभ्यताका लागि कालो धब्वा भएको रुकुम घटना यसको पछिल्लो प्रतिनिधिमुलक उदाहरण मात्र रहेको अधिकारकर्मीको ठम्याई छ ।
दलित समुदायको शक्ति संरचनामा प्रतिनिधित्व र पहुँच निकै कम भएको फाईदा उठाउँदै मृतक नवराज र उनका साथीहरूलाई गलत देखाउने मनसायले समाजमा विभिन्न खालका कुतर्क गरी गलत न्यारेटिभ (कथन) बनाउन तथा राजनीतिक संरक्षणको प्रयास भईरहेकाले यस प्रति संपुर्ण न्यायप्रेमी नागरिकहरू सचेत हुनुपर्ने बताइएको छ ।
विज्ञप्तीमा भनिएको छ– ‘रुकुम घटनाको स्वतन्त्र र निश्पक्ष छानविन गरी घटनामा संलग्न जोकोहीलाई कानुनी दायाराभित्र ल्याई कानुनी कारबाहीका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’ उक्त घटना घटेपछि अझै पनि वेपत्ता रहेका व्यक्तिहरुको तत्काल खोजी गरी पीडितलाई न्याय प्रदान गर्न र आगामी दिनमा यस प्रकारका घट्ना घट्न नदिन नेपाल सरकार समक्ष संयुक्त विज्ञप्तीमार्फत जोडदार माग गरेका छन ।
दलित समुदाय लामो समयदेखि जातीय छुवाछुत तथा विभेद भोग्दै आइरहेका छन् । नेपालमा विक्रम संवत २०२० सालमै मुलुकी ऐन, २०६८ सालमा जातीय छुवाछुत तथा कसुर र सजाय ऐन तथा नेपालको संविधानले नै छुवाछूत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हकको रुपमा स्थापित गरेपनि सारमा जातिय विभेद र छुवाछुतमा फेरवदल भएको छैन ।
युथ एड्भोकेसी नेपाल, ग्रासरुट्स डेभलपमेन्ट फाउन्डेसन, आयोन, साडेड नेपाल, दिगो विकास राष्ट्रिय अभियान नेपाल, राष्ट्रिय युवा महासंघ नेपाल, राष्ट्रिय अपाङ्ग युवा संजाल नेपाल, फोर एच नेपाल, हरियाली संस्था, एकिकरण नेपाल, नाफान, ग्लोवल पिस फाउन्डेसन, फिमेल युथ नेपाल, दलिय युथ एलाईन्स, युनाईटड युथ फर वल्ड पिस, जेसीवाईसियन, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको विद्यार्थी मंच नेपाल,युवा, हामी दाजुभाई, युवाको साथ साथ आवाज, युवालयले जातीय छुवाछुतको आधारमा घटेको घटनाप्रति संयुक्त प्रेस विज्ञप्ती मार्फत सरकारको ध्यनाकर्षण गराएका हुन ।











प्रतिक्रिया