सुनकोशी–मरिन डाइभर्सन आयोजनाको लागि २ अर्ब ४६ करोड


सरकारले सुनकोशी–मरिन डाइभर्सन (नदी पथान्तरण) बहुउद्देश्यीय आयोजनाको लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

आगामी आर्थिक वर्ष ०७७/७८ का लागि संसदमा प्रस्तुत बजेटमा अर्थमन्त्री युवराज खतिवडाले सुनकोशी–मरिन आयोजनाका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

यो आयोजनाको सुरुङ अमेरिकन प्रविधिको टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत नै खनिने छ । भेरी–बबई आयोजनामा सफल भएपछि दोस्रोपटक सिंचाइ विभागले सुनकोशी मरिनमा टीबीएम मेसिन प्रयोग गर्ने निर्णय लिएको हो ।

अर्थमन्त्री खतिवडाले भरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई निरन्तरता दिन आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरेका छन्। बजेटमा रकम छुट्टाइएको छैन।