अस्पताल निर्माणका लागि १४ अर्ब बजेट विनियोजन


न्युज अफ नेपाल, काठमाडौँ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरिरहेका छन्। उनले बजेट प्रस्तुत गर्दै समग्र आर्थिक सूचकहरु सकारात्मक रहेको दाबी गरेका छन्।

खतिवडाले फागुनसम्म आर्थिक सूचकहरु सकारात्मक रहेको बताउँदै कोरोनाका कारण अब चुनौती बढेको बताए। उनले विदेशी मुद्रा सञ्चिती ११ खर्ब ५६ अर्ब पुगेको बताएका छन्। त्यसैगरी निर्यात १२.९ प्रतिशतले बढेको बताउँदै खतिवडाले आयात घटेको उल्लेख गरेका छन्।

चालु आर्थिक वर्षमा लगानी बोर्ड मार्फत १४ खर्ब ३५ अर्बको लगानी प्रतिवद्धता प्राप्त भएको उनले बताए। बिमामा पहुँच पुग्नेको संख्या ५६ लाखबाट बढेर ७० लाख पुगेको उनले बताए। असहज परिस्थितिका बीच सडक विमानस्थल र सिञ्चाई योजना बनिरहेका छन् ।

उनले आधारभूत खानेपानी ९० प्रतिशतमा पुगेको बताए भने काठमाडौं उपत्यका सडकमानव मुक्त भएको उल्लेख गरेका छन्। सामाजिक र आर्थिक क्षेत्रको प्रगति उत्साहजनक रहेको बताउँदै खतिवडाले विद्यालयमा भर्नादर बढेको जनाएका छन्। खतिवडाले मुद्रास्फिती ६.८ प्रतिशतमा सीमित गर्न सफल भएको उल्लेख गरेका छन्।

कुल ग्राहस्थ उत्पादनको अनुमानमा कुल लगानी ५० प्रतिशत हाराहारी रहेको उनले बताएका छन्। खतिवडाले कोरोनाका कारण पर्यटन यातायात निर्माणत उद्योग संकुचित हुने अनुमान गरेका छन्।

थप अस्पताल निर्माणका लागि १४ अर्ब बजेट विनियोजन गरेको छ ।  काठमाडौंमा तीन सय शैयाको सरुवा रोग सम्बन्धि अस्पताल अस्पताल निर्माण गर्ने गरी बजेट ल्याईएको छ ।

सरकारले स्थानीय तहमा अस्पताल निर्माणका लागि १४ अर्ब २७ करोड बजेट विनियोजन गरेको छ।

आर्थिक बर्ष २०७६–०७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. खतिवडाले स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड बजेट व्यवस्था गरिएको बताए।

यस्तै, सरकारले निरोगी नेपाल अघि बढाउन सन्तुलित आहर स्वस्थ्य जीवनशैलीका लागि आयुर्वेद उपचार पद्धति अवलम्बन गर्न व्यामशाला योग केन्द्र चलाउने भएको छ। यसैगरी, सरकारले राजमार्गमा ट्रमा सेन्टर सञ्चालन गर्ने घोषणा गरेको छ।

घरेलु तथा साना उद्योग का लागि पाँच प्रतिशतमा ऋण उपलब्ध गराउन ५० अर्ब बजेट विनियोजन गरीएको छ । कोरोना बीमा मा सरकारले ५० प्रतिशत सहुलीयत दिने भएको छ ।