एकैदिन १ सय २९ जनामा कोरोना पुष्टि, ५ जनाको ज्यान गयो


न्युज अफ नेपाल, काठमाडौँ ।

कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षण अनुसार थप १५ जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमार्फत कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले बुधबार राति जानकारी दिएको हो ।

कर्णाली प्रदेशमा थप १५ जनासहित कोरोना संक्रमितहरुको संख्या ३८ पुगेको छ भने कर्णाली प्रदेशमा १५ जनासहित बुधवार एकैदिन विभिन्न जिल्लामा गरी १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या ९०१ पुगेको छ।

त्यस्तै नेपालमा हालसम्म कोरोना उपचारपछि १ सय ८७ जना निको भएर घर फर्किएका छन् । बुधबार मात्र ३२ जना उपचारपछि घर फर्किएका हुन् । भने ५ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।

मृतक युवाको रिर्पोट नेगेटिभ

भारत गुजरातबाट फर्कने क्रममा मङ्गलबार राति मृत्यु भएका सुर्खेतका एक युवकको कोरोना रिर्पोट नेगेटिभ देखिएको छ । प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार मृतकको बुधबार स्वाब परीक्षणका क्रममा कोरोना नभएको पाइएको छ ।

आफन्तका अनुसार ती युवामा बाथ रोगसम्बन्धी समस्या थियो । बबईबाट वीरेन्द्रनगर आउँदै गर्दा बान्ता गर्न थालेपछि उहाँलाई अस्पताल पु¥याइएको थियो । कोरोना नदेखिएपछि अस्पतालले शव परीक्षण गरेर परिवारलाई बुझाउनेछ ।