सुपारी बरामद


नवलपरासी  ।
लकडाउनको मौकाछोपी मालबाहक सवारी साधनमा लुकाई छिपाई ल्याएको सुपारी पूर्वी नवलपरासी प्रहरीले आईतबारसांझ बरामद गरेको छ ।

जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी एवं प्रनाउ मोहनबहादुर खांणका अनुसार विनयी त्रिवेणी १ दुम्किबासमा खटिएको प्रहरी टोलीले चेकजांचको क्रममा ना ४ ख १९७६ नम्वरको ट्रकबाट सो सुपारी बरामद गरेको हो ।

प्रहरीले औषधीको कार्टुन सहित बरामद गरेको अनुमानित ९ लाद ९३ हजार मुल्य बराबरको ६३ क्वीन्टल सुपारी आवश्यक कार्यबाहीका लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासी पठाएको जनाएको छ ।