कुखुराकाे खोर भत्कँदा दुईको मृत्यु


नवलपरासी  ।

पूर्वी नवलपरासीमा हुरीबतासले कुखुराको खोर भत्काउँदा सोही खोरले च्यापिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट ८ निवासी ३५ वर्षीय काशीराम पौडेल र कास्की जिल्ला घर भै पौडेलकै घरमा डेरागरी बस्ने ४० वर्षीय सूर्य बहादुर भण्डारी रहेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।

सांझको समयमा अकस्मात आएको हावाहुरीले परालले छाएको कुखुरा पाल्ने खोर भत्कदा सोही खोर सफा गर्दै रहेका पौडेल र भण्डारी डाडा, भाटा सहितको खोरले च्यापिएका थिए ।

खोर भत्केर मानिस च्यापिए पछि स्थानीय बासिन्दाले तत्कालै उद्धार गरी उपचारर्थ भरतपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ । आईतबार सांझ चितवन र नवलपरासीमा हावाहुरी र चट्याड.ग सहित ठूलो पानी परेको थियो ।