माईतीघरमा छैन संक्रमण


नवलपरासी, घनश्याम बगाले ।

पूर्वी नवलपरासीको देवचुली २ की कोभिड १९ संक्रमित २४ वर्षीया युवतीका माईती परिवारमा कोरोना संक्रमण नरहेको पुष्टी भएको छ ।

रुपन्देही घर भएकी ति युवतीमा माईत बसेर फर्के लगतै पिसिआर परीक्षण पोजेटि देखिए पछि उनको माईतीघर परिवारको पिसिआर परीक्षण गरिएको थियो ।

माईतीघर र छिमेकीका गरी १२ जनाबाट संकलित नमूना स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईले बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीले बुधबार संकलन गरी पठाएका ति स्वाव भरतपुर अस्पतालको जनस्वास्थ्य प्रयोगशालमा परीक्षण गरिएको थियो ।

युवतीमा कोभिड १९ पुस्टी भएसंगै उनको माईतीघर रहेको दुम्कौली बजार सहित देवचुली नगरका ५ वडा ५ दिनका लागि सिल गरिएका छन् ।

युवतीको हाल सशस्त्र प्रहरीवल, एपीएफ अस्पताल सतुड.गल, काठमाण्डौमा उपचार भई रहेको र अवस्था सामान्य रहेको बताइएको छ ।