सुत्केरीलाई पाेषणयुक्त खाद्य सामग्री वितरण


सरस्वती न्याैपाने, रसुवा । जिल्लाकाे उतरगया गाउँपालिकाले आफ्नाे गाउँपालिकाभित्रका एकसय ३८ जना सुत्केरी महिलालाई पाेषणयुक्त खाद्य सामग्री वितरण गरेकाे छ।

उतरगया गाउँपालिकाकाे( काेभिड-१९ ) निर्देशन समितिकाे बैठकले पाेषणयुक्त सामग्री वितरण गर्ने निर्णय बमोजिम लकडाउनका कारण प्रभावित गर्भवती, सुत्केरी महिलालाई प्रतिव्यक्ति पाच सय ग्राम हर्लिक्स,मुसुराेकाे दाल साढे दुई केजि, रहरकाे दाल साढे दुई केजि, भटमास तीन केजि, केराउ तीन केजि, राज्मा साढे दुई केजि वितरण गरिएकाे बताईएकाे छ।

सिड्स रसुवा र क्रृश्चियन एडकाे साझेदारिमा उतरगया गाउँपालिकाकाे समन्वयमा गाउँपालिका भित्रका सुत्केरी महिलालाई पाेषणयुक्त खाध सामग्री वितरण गरिएकाे हाे ।

यस लकडाउनकाे समयमा जन्मिएका नवजात शिशु र आमालाई उचित पाेषणयुक्त खानेकुराकाे अभाव हुन नदिन र कुपाेषित र शारीरमा रक्त अल्पता हुने सम्भावनालाई ध्यानदिई खाद्य सामग्री वितरण गरिएकाे परियाेजनाका कार्यक्रम समयाेजक नारायण भट्टले बताउनुभयाे।