युके समाजको सहयोग र पत्रकार पराजुलीको समन्वयमा राहत वितरण ।


न्युज अफ नेपाल, पोखरा ।
कोरोना प्रकोपका कारण आर्थिक समस्यामा परेका कास्कीको पोखरा महानगरपालिका-२३ मा पर्ने दमदमे , सिधाने, कुट्मीडाडा र मकानपुर क्षेत्रमा बसोबास गर्ने करिव १ सय जना विपन्न तथा असहाय परिवारलाई खाधान्न सहित राहात सामाग्री वितरण गरिएको छ । पोखरा फेवातालको मुहानको रुपमा मानिने उक्त क्षेत्र पोखराको मुख्य बजारबाट २० देखि करिव ३० किलोमीटर दुरीमा पर्छ ।
कास्की , स्यांग्जा र पर्वतको सिमानामा पर्ने पंचासे डांडा नजिक रहेकोले त्यस क्षेत्रलाई पंचासे क्षेत्रकों रुपमा समेत चिनिन्छ ।
विगतमा गुरुङ बस्तीको रुपमा रहेपनि पछिल्लो समय त्यस क्षेत्रका अधिकांश गुरुङहरु बैदेशिक रोजगारिको शिलसिलामा विदेश जाने र बजार क्षेत्रमा बसाईं सर्ने क्रम तिव्र भएपछि हाल त्यस क्षेत्रमा दलित समुदाय र विपन्न वर्गको धेरै परिवार रहेकाछन । पोखराबाट टाढा पर्ने भएकोले त्यस क्षेत्रमा सहयोगी संस्थाको पहुँच पनि कम छ ।
यसै सन्दर्भलाई मध्यनजर गरेर पंचासे हर्पनडाडा समाज युकेको सहयोगमा त्यस क्षेत्रमा राहत वितरण गरेको हो ।दमदमे , सिधाने , कुट्मीडांडा र मकानपुर लगायत त्यस क्षेत्रबाट युकेमा गएर विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुले सन् २०१२ मा पंचासे हर्पनडांडा समाज युकेको स्थापना गरेको हुन ।
सोही समाजले त्यस क्षेत्रका बासिन्दालाई विभिन्न सहयोग गर्ने क्रममा यस पटक राहात स्वरुप खाधान्न वितरण गरेको हुन ।
पोखराबाट ४ वटा गाडीमा खाधान्न लिएर गाउं गााउंमा पुगेर वितरण गरेपछि स्थानीय सर्वसाधारण पनि निकै ख़ुशी भएका थिए ।  गाउँ गाउँमा भेला भएका स्थानीय बासिन्दाहरुले आफ्नो समस्या बुझेर सहयोग गर्न आएको भन्दै समाजको प्रशंसा गरेका थिए ।
राहत वितरण कार्यक्रममा बोल्दै एनआरएन युकेका सल्लाहकार समेत रहेका पंचासे हर्पन डांडा समाज यूकेका महासचिव प्रकाश गुरुङले आफ्नो जन्म स्थानको सम्झना र आफन्तहरुको मायाका कारण कठिन परिस्थितिमा रहेर पनि युकेमा रहेकाहरुबाट सहयोग जुटेकोले राहात सामाग्री वितरण गरिएको बताउनुभयो ।
समाजले यस अघि पनि विभिन्न कामका लागि करिव ३० लाख वरावरको सहयोग (एम्बुलेन्स सेवा, भुकम्प पिडितको उपचारका लागि) गरेको र भविष्यमा पनि गर्दै जाने उहाँले बताउनु भयो । गुरुङ सहित उहाँकी श्रीमती संगिना गुरुङ र समाजका सदस्हरु धर्मावती गुरुङ मनदेवी गुरुङ समेत राहत वितरणमा सहभागी भएका थिए
पोखरा महानगरपालिका २३ का वार्ड सदस्यद्वय दुर्गा बहादुर घले र भरत भण्डारीको रोहवरमा तिन स्थानमा छुट्टाछुट्टै कार्यक्रम गरेर राहात वितरण गरिएको थियो ।
त्यस अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ एवं नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले युकेमा बस्नेहरुले आफ्नो गाउंलाई सम्झेर सहयोग गरेकोमा खुसी प्रकट गर्दै समाजले अन्य क्षेत्रमा पनि रचनात्मक काम गर्दै आएको बताउनु भयो ।
आफ्नो बेलायत भ्रमण पछि समाजसंगको सम्बन्ध थप प्रगाढ बनेको स्मरण गर्दै पराजुलीले यस पटक पनि आफ्नो जन्मगाऊँमा समाजसंग समन्वय गरी राहात सामाग्री लिएर आउन पाएकोमा ख़ुशी लागेको बताउनु भयो ।
राहात वितरण गर्न आयोजित छुट्टा छुट्टै संक्षिप्त कार्यक्रममा स्थानीय समाजसेवीहरु पदम बहादुर गुरुङ, गुमानसिंह गुरुङ, शिक्षासेवी मिनबहादुर गुरुङ, सामाजिक कार्यकर्ता सबिन गुरुङ, लक्ष्मी गुरुङ लगायतले आआफ्नो भनाई राख्नु भएको थियो ।
त्यस क्षेत्रका ८० जना भन्दा बढीलाई प्रति परिवार २५ केजी चामल, २ लिटर तेल, २ केजी दाल, २ केजी चिउरा, नुन, चिनी, चियापत्ती, साबुन लगायतका सामाग्री राहत स्वरुप वितरण गरिएको थियो ।