घरेलु मदिरा प्रहरीद्धारा नष्ट


बासुदेव शर्मा, जाजरकोट ।

जाजरकोटमा मदिरा वनाउन प्रयोग हुने कच्चा पदार्थ जाँड प्रहरीले नष्ट गरेको छ । भेरी नगरपालिका २ रिसाङ्ग, दारनेटा, पोखरा, बाहुनथाना, दारागाउँबाट अवैध घरेलु मदिरा एक सय १० लिटर मदिरा, मदिरा निर्माण गर्न प्रयोग हुने जाँड ८ सय ५० लिटर नियन्त्रणमा लिएर प्रहरीले नष्ट गरेको हो ।

जिल्ला प्रहारी कार्यालय जाजरकोटबाट प्रहरी सहायक निरिक्षक निर्माण विकको कमाण्डमा गएको टोलीले भेरी नगरपालिका २ रिसाङ्ग,दारनेटा निरा विकको घरवाट १ सय ९५ लिटर जाँड, २० लिटर मदिरा २ थान भाँडा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बसन्त विकको घरवाट १ सय ८० लिटर जाँड २० लिटर मदिरा २ थान भाँडा, सविन विकको घरवाट १ सय ५५ लिटर जाँड, ३५ लिटर मदिरा, २ थान भाडा नविन खत्रीको घरबाट १ सय ७५ लिटर जाँड २५ लिटर मदिरा, २ थान भाँडा गरि जम्मा ७ सय ५ लिटर जाँड र एक सय लिटर मदिरा ८ थान भाडाँ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

अवैध रुपमा रहेको घरेलु मदिरा नियन्त्रणमा लिएपछि मंगलवार जिल्ला प्रहरी कार्यालयको परिसरमा नागरिक समाज, बुद्धिजिवीहरुको रोहवरमा नष्ट गरिएको छ भने मदिरा वनाउन प्रयोग हुने भाँडा जिल्ला प्रहरी कार्याालमै राखेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

त्यस्तै प्रहरी चौकी पाँचकाटियाबाट प्रहरी सहायक निरिक्षक जोरासिह खडकाको नेतृत्वमा गएको ५ जनाको प्रहरी टोलीले भेरी नगरपालिका पोखरा, बाहुनथाना, दारागाउँ वस्ने भद्रे बुढाको घरबाट १० लिटर घरेलु मदिरा बरामत गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

कर्ण बहादुर थापाको घरबाट ४० लिटर विजय पुनको घरबाट ३० लिटर पर्से ताउलेको घरबाट २० लिटर नन्द मल्लको घरबाट ४० लिटर लिला चन्दको भरवाट २० लिटर गरी १ सय ५० लिटर जाँड १० लिटर मदिरा नियन्त्रणमा लिएको हो ।

स्थानिय नागरिकहरुको घरबाट वरामत गरेको अवैध घरेलु मदिरा पाँचकाटिया प्रहरी चौकीले स्थानिय नागरिक समाज बुद्धिजिवी लगाएत सर्वसाधारणहरुको रोहवारमा पाँचकाटिया प्रहरी चौकीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।