लकडाउनले योजनाको भुक्तानी गर्न समस्या


बासुदेव शर्मा, जाजरकोट

आर्थिक वर्षको अन्तिम चरण आउनै लाग्दा सरकारी कार्यालयहरुबाट संचालन गरेका योजना तथा कार्यक्रमहरुको भुक्तानी कसरी गर्ने भन्ने विषयमा कर्मचारीहरुलाई अन्यौलता भएको छ । चालु आर्थिक बर्षमा संचालन गरेका योजनाहरुको भुुक्तानी लिनको लागी उपभोक्ता समितिका पदाधिकारी जाजरकोट सदरमुकामका कार्यालयमा आउने गरेका छन् ।

कोरोना भाईरस कोभिड १९ को संक्रमणका कारण देशनै लकडाउन भएकोले स्थानिय स्तरमा संचालन गरेका योजनाको अनुगमण मुल्याङ्कण गर्न नसक्दा योजनाहरु कसरी निर्माण भएका छन सरकारी कार्यालयको मापदण्ड अनुसार निर्माण भएका छन या छैनन् अनुगमण नगरि भुक्तानी दिन नसकिने कार्यालयका प्रमुखले वताएका छन् ।

कृषि विकास कार्यालय, भेरी नगरपालिका कृषि शाखा लगाएत सरकारी कार्यालयहरुवाट विनियोजन गरेका योजनाहरुको अन्तिम किस्ता रकम भुक्तानीको लागी उपभोक्ता समितिका पदाधिकारी आउने गरेका छन ।

कार्यालयका प्रमुखले देशमा भाईरसको संक्रमण वढी रहेका वेला सम्वन्धित कार्यालयले संचालित योजनाहरुको स्थलगत अनुगमण गर्न नसक्दाँ कसरी योजना सम्पन्न भएका छन, सरकारी मापदण्ड अनुसार सम्पन्न भएका छनछैन्न योजना भुक्तानीको विषयमा अनुगमण नगरि भुक्तानी दिन नसकिने कृषि बिकास कार्यालयका गणेश वहादुर अधिकारीले वताउनु भयो ।

कोरोना भाईरसका कारण गत चैत्र महिनाबाट नेपाल सरकारले देश नै लक डाउन गरेकोले सरकारी कार्यालयले विनियोजन गरेका योजनाहरुको उपभोक्ता समितिले गरेको कामको अनुगमण नगर्दा कसरी भुक्तानी दिने भन्ने विषयमा आफुलाई पनि समस्या भएकोले भुक्तानी दिने विषयमा प्रमुख जिल्ला अधिकारीसग समन्वय र छलफल गरेर भुक्तानीको लागी जानकारी गराउने प्रमुख अधिकारीले वताउनु भयो ।

असार मसान्त भित्र भुक्तानी गर्नु पर्ने नेपाल सरकारको प्रावधान भएकोले सम्पन्न भएका योजनाहरुको अन्तिम अवस्था सम्म पनि भुक्तानी गर्ने वताउनु भयो । व्यवस्था परिवर्तन भएपनि कार्यक्रम संचालनको शैली परिवर्तन हुन नसक्दाँ योजना सम्पन्न असारमै हुने अवस्था यथावत रहेकोले यस्तो समस्या आएको हो ।

कृषि विकास कार्यालय तथा कृषि शाखाले संचालन गरेका सिचाई, भकारो सुधार लगाएका कार्यक्रम तथा योजना संचालन गरेकोले अनुगमण नगरि भुक्तानी दिए समस्या आउने भएपछि लक डाउनको समयमा योजना अनुगमण कसरी गर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसग छलफल गरेको भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले वताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले योजना विनियोजन गरेका कार्यालयहरुले संचालन गरेका योजनाहरुको अनुगमण गरेर भुक्तानी दिन आग्रह गर्नु भयो ।योजना अनुगमण भनेर धेरै जना गएर भिडभाड नगरिएक दुई जना सम्वन्धित व्यक्तिहरुले संचालन भएको कार्यक्रमहरुको अनुगमण गरि भुक्तनी दिन आग्रह गर्नु भयो ।

तरकारी खेती, फलफुल लगाएत अन्न वालीमा लागेको रोगकिरा तथा कार्यक्रमको भुक्तानी लिन आएका उपभोक्ता समिति, कृषकहरुलाई कोरोना भाईरसका कारणले कार्यालयमा प्रवेश गर्न नदिएर ढोका वाहिरबाट किसानहरुको समस्याका विषयमा जानकारी लिने गरेका छन् ।

भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले विश्वलाई नै त्रसित वनाउने जटिल अवस्था आएकोले करिव ३ फिटको दुरी कायम गरि सेवा प्रवाह गरेको छौ शाखा प्रमुख अधिकारीले भन्नु भयो ।