विपद् व्यवस्थापन समितिलाई काउन्टिद्वारा खाधान्न र स्वास्थ्य सामग्री सहयाेग


सरस्वती न्याैपाने, रसुवा ।

विपद व्यवस्थापन समिति रसुवालाई तिव्वतकाे जिलाेङ काउन्टि प्रशासनले खाधान्न र स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ। काेभिड-१९) काेराेना भाईरस राेकथाम तथा नियन्त्रणका लागि विपद व्यवस्थापन समितिलाई जिलाेङ काउन्टि प्रशासनले दुई कराेड ३८ लाख मुल्य काे खाधन्न र स्वास्थ्य सामग्री सहयाेग स्वरूप उपलब्ध गराएकाे हाे ।

सहयाेग स्वरूप खाद्न्नमा २५ केजिकाे एक हजार एक सय बाेरा चामल, २५ केजिकाे एक हजार एक सय बाेरा मैदा र १० लिटरकाे तीन सय ७८ बाक्सा खाने तेल रहेकाे छ।

यस्तै स्वास्थ्य सामग्रीमा व्यक्तिगत सुरक्षाका लागि ( पीपीई) एक हजार एक सय सेट,डिस्पोजेवल मेडिकल मास्क एक लाख ३० हजार पिस, एन ९५ मास्क एक हजार पाँच सय पिस, ईन्फारेड थर्माेमिटर एक सय १० पिस रहेकाे छ। विपद व्यवस्थापन समिति का अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारिका अनुसार जिल्ला का प्रत्येक गाउँपालिकाहरूमा दुई सय १० वाेरा चामल दुई सय २० वाेरा मैदा,१० लिटर काे ६५ बाक्सा तेल हस्तान्तरण गरिएकाे थियाे ।

स्वास्थ्य सामग्री अावश्यकता अनुसार सुरक्षाकर्मी, अस्पताल, स्वास्थ्य चाैकि, हेल्थ डेक्स क्वारेन्टाइन तथा अाईसाेलेसनमा प्रयाेग गरिने वताईएकाे छ। अाईतवार जिल्ला व्यवस्थापन समितिलाई खाधान्न र स्वास्थ्य सामग्री तिव्वतकाे जिलाेङ काउन्टिले सहयाेग स्वरूप उपलब्ध गराएकाे प्रजिअ भण्डारीले बताउनुभयाे।