सीमा अतिक्रमणबिरुद्ध भक्तपुरमा प्रदर्शन

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर ।

भारतले गरेको नेपालको सीमा अतिक्रमण बिरुद्ध देशभर प्रदर्शन बढ्दै जाँदा नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले आज प्रदर्शन गरेका छन्। नेपालको भूमि अतिक्रमण गररे सडक बनाएको विरोधमा नेपाल मजदूर किसान पार्टीका भातृ संगठनहरुले ‍र्याली निकालेर बिरोध जनाएका हुन्। र्यालीमा सैयौैको सहभागीता रहेको थियो ।

र्यालीले शहरका बिभिन्न भागको परिक्रमा गरेको थियो ।उनीहरुले भारतीय विस्तारवादविरुद्ध नारावाजी गरेका थिए । प्रदर्शनकारीले भारतीय सेना कालपानी छोड,सीमा अतिक्रमण बन्द गर ,नेपाली भूमिमा सडक निर्माण कार्य तत्काल बन्द गर,हाम्रो भुमि फिर्ता गर,भारतीय हस्तक्षेप मुर्दाबात,कालापानी हाम्रै हो,लिम्पीयाधुरा हाम्रै हो जस्ता नारा लगायका थिए ।नेमकिपाले तीन दिन अघि पनि सीमा अतिक्रमण बिरुद्ध प्रदर्शन गरेको थियो ।

नेपाल मजदुर किसान पार्टीले भारतले लिपुलेकमा एकतर्फी रुपमा सडक बनाएकोमा अन्तर्राष्ट्रिय अदालत जानु पर्ने माग गरेको छ । उसले भारत र चीनबीचको सम्झौतामा नेपालको समर्थन नभएको बारे चीनलाई जानकारी गराउनुपर्ने बताएको छ ।भारतले नेपालको भूमि लिपुलेक अतिक्रमण गरी लिपुलेक भञ्‍ज्‍याङसम्म सडक निर्माण गरेकोमा नेमकिपाले विरोध एवम् भत्सर्ना गरेको छ ।

भारतले हालसम्म नेपालका ७१ भन्दा बढी ठाउँमा सीमा अतिक्रमण गरी ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि कब्जा गरिसकेकोले अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गराउन सरकारले अन्तर्राष्ट्रिय अदालत लगायत अन्य मञ्चहरूमा अविलम्ब विषय पेश गर्नु आवश्यक रहेको नेमकिपाको ठहर छ ।