ताप्लेजुङमा मुख्यमन्त्री कृषि सडकको शिलान्यास

0
Shares

दिलकुमार लिम्बू,ताप्लेजुङ ।

ताप्लेजुङ, २९ वैसाख । प्रदेश १ सरकारको बजेटबाट ताप्लेजुङमा निर्माण हुने मुख्यमन्त्री ग्रामीण कृषि सडक आयोजनाको शिलान्यास गरिएको छ । जिल्लाको आठराई त्रिबेणी गाउँपालिकामा निर्माण गर्न थालिएको सडकको आइतबार शिलान्यास गरिएको हो । प्रदेश सरकारको एक करोड रुपियाँ बजेटबाट निर्माण हुने कृषि सडकको प्रदेशसभा सदस्य टङ्क आङ्बुहाङले शिलान्यास गर्नुभएको हो ।

आठराई त्रिबेणी गाउँपालिकाकाको चाँगे गोर्जा–कात्तिकेदेखि हाङ्पाङको नेबोखाम–खोपी हुँदै निघुरादिन जोड्ने सडकको शिलान्यास गरेका हुन् । प्रदेश सांसद आङ्बुहाङले यस आयोजनाले जनतालाई प्रत्यक्ष सुविधा पुग्ने बताए । प्रदेश सरकारको क्रमागत योजना अन्तर्गतको सडक भएकाले निर्माण सम्पन्न गर्नलाई बजेटको अभाव नहुने पनि उनले बताए ।

मापदण्डअनुसार सडक निर्माण गर्न ठेकेदार कम्पनीलाई सुझाव दिँदै निर्माण कार्यको सधैं निगरानी स्थानीय जनताले गर्नुपर्ने पनि प्रदेश सांसद द्वयको भनाइ थियो ।यता आफ्नो क्षेत्रमा आएको सडक योजनाको लागि गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कमी हुन नदिने आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौलाले बताए । मुख्यमन्त्री ग्रामीण कृषि सडक निर्माणको जिम्मा भने कान्छाराम कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको छ ।