जाजरकोटमा लकडाउन खुकुलो भएपछि चहल पहल बढ्यो

0
Shares

बासुदेव शर्मा,जाजरकोट ।

कोरोना भाईरस कोभिड १९ को संक्रमण वढ्े पछि सरकारले देशभरी चैत ११ गतेदेखि लकडाउन गरेको थियो । अत्यावश्यक कामकाज संचालनको लागी २६ गते देखि लक डाउनलाई खुकुलो वनाउन सरकारले आदेश जारी गरेपछि सुनसान गाउँ लगाएत जाजरकोट सदरमुकाममा चहल पहल बढेको छ । नेपाल सरकारले अत्याबश्यक कामका लागी सरकारी कार्यालयका कामकाज संचालन गर्ने आदेश दिएपछि कार्यालय संचालन भएसगै ग्रामीण भेगका नागरिकहरु अत्याबश्यक कामका लागी सेवा लिन भेरी नगरपालिका, बैक लगाएत सरकारी कार्यालयमा आउने गरेका छन् ।

लक डाउन भन्दा पहिले संचालन भएका योजनाको भुक्तानी लिन, योजना संम्वन्धि वुझना तरकारी खेतीमा लागेको रोग किरा नियन्त्रण लगाएत खेतीपातीको समय भएकाले विउ विजनको लागी जाजरकोट सदरमुकाम आउन थालेका छन् । सरकारी कार्यालय संचालन भएपछि डर त्रास मान्दै आफना महत्वपुर्ण काम लिएर नागरिकहरु सेवा लिन आउने गरेका छन् ।

सवारी साधान संचालन नहुदाँ जाजरकोट सदरमुकाम खलंगा वजार सुनसान जस्तै देखिन्छ । सदरमुकाम वरपरका नागरिकहरु सेवा लिनको लागी आउने गरेका छन् । लक डाउनलाई केहि खुकुलो वनाएपछि गाँउमा सम्पन्न भएका योजनाहरुको बजेट लिनको लागी बैकहरुमा अलि भिड देखिने गरेको छ । वजारहरु पुर्ण रुपमा खुलेका छैन्न । बैकले एक एक जना नागरिकहरुलाई वोलाएर सेवा दिने गरेका छन् ।

दिन प्रतिदिन कोरोना भाईरस संक्रमण वढ्ेपछि नागरिकहरु सचेत अवस्थामा रहेका छन् । कार्यालय संचालन भएपनि नागरिकहरु सहज रुपमा आउन सकेका छैन्न् । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशलाई नै सिल गरेपछि लक डाउन अगाडी संचालन गरेका अधुरा योजनाको निर्माण सामाग्री नपाउदाँ संचालन हुन सकेका छैन्न् ।

भेरी नगरपालिका ११ का रुपा आचार्यले लक डाउन अगाडी सम्पन्न गरेको कार्याक्रमको भुक्तानी लागी डर त्रास मान्दै ३ घण्टा पैदल हिडेर जगतिपुरबाट जाजरकोट सदरमुकाम आएकी छु काम हुन साथ कसैसग भेटघाट नगरी आफनो घर जाने भनेको काम भएको छैन कति समयमा हुन्छ र जाने हो भन्नु भयो ।
कार्यालय संचालन भएपनि सेवा लिन नागरिकहरु नआउदाँ कर्मचारीहरुले कार्यालय खोलेर कुर्नु वाहेक केहि नभएको कृषि शाखाका ना प्रा स भोला खत्रीले वताउनु भयो ।

किसानहरु कार्यालयमा समस्या लिएर नआए सम्म कुनै जानकारी नहुने फोन द्धारा खेतीपातिमा देखिएको रोगका बारेमा जानकारी गराएपनि कोरोना कहरका कारण लक डाउनको अवस्थामा कृषकको घर छेउ जान नसक्दा समस्या समाधान गर्न नसक्ने ना प्रा स खत्रीले वताउनु भयो बताउनु भयो । कोरोना भाईरसले सवै भन्दा किसानहरु मारमा परेको वताउनु भयो ।

कोरोना भाईरसका कारण देशनै लक डाउन भएपछि पहिले जम्मा गरेको खानेकुरा खाएर सकियो सडक विभागको पिटैलीमा काम गर्दै आएकोले आफुले पाउनु पर्ने पारिश्रमीक सडक विभागले बैकमा जम्मा गरेको भए निकालेर परिवारलाई खाद्ययन्न सामाग्री किन्नको लागी बैकमा आएको भेरी नगरपालिका १२ का आन्नद राउत भन्नु भयो ।