न घाम न पानी, हावाहुरीमा टेन्ट समाएर सिमा सुरक्षा गर्दै सशस्त्र प्रहरी

14
Shares

सुभेन्द्र दास,लहान ।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यतिबेला बोर्डर सिल गरिएको छ ।बोर्डरमा हुन सक्ने सम्भावित आवतजावत रोक्न सुरक्षाकर्मीको संख्या समेत थप्दै लगिएको छ । तर ती सुरक्षाकर्मीकालागि बोर्डरमा बसेर सुरक्षा दिन भने पक्कै सहज छैन् ।एकैछिनमा लाग्ने चर्को घाम अनि मौसममा आएको परिवर्तन सँगै एक्कासी पर्ने पानीका बिच सशस्त्र प्रहरी अहोरात्र सीमा क्षेत्रमा खटिएको छ ।

सीमामा नेपाल प्रहरीको समेत उपस्थिती रहेपनि फ्रन्ट लाइनमा भने सशस्त्र प्रहरीले ड्युटी निर्वाह गर्दै आएको छ । न घाम न पानी । न हावाहुरी र हुण्डरी । मात्र छ केवल ड्युटी । ओत लाग्न बनाइएको टेन्ट कुन बेला हावाले उडाउँछ कुनै टुङगो छैन् । चर्को घाम र पानी समेतको प्रवाह नगरी नेपाल भारत सीमा क्षेत्रमा खटिरहेको छ सशस्त्र । स्रोत साधन अभावका बिच जिम्मेबारी वहनमा रहेको सशस्त्र आज हामी बोर्डर पुग्दा हावाहुरी बिच टेन्टको डोरी समाएर बसेको थियो सशस्त्र प्रहरी ।

प्रदेश २ मा भारतको ४ सय ६४ किलोमिटर सीमा जोडिएको छ। यस प्रदेशमा भारतसँग सीमा जोडिएका एक सय ३२ वडा(गाउँ) छन्। यस प्रदेशको आठ वटै जिल्लाको सीमामा करिब ५ सय मिटरको दूरीमा एक–अर्कालाई देखिनेगरी सशस्त्र प्रहरीको डिउटी मिलाइएको प्रदेश २ सशसत्र प्रहरी प्रमुख डिआजी राजु अर्यालले बताए।