भोको पेटले लकडाउन मान्दैन   

0
Shares

दयाराम पण्डित,बाजुरा ।

 गौमुल गाउँपालिकाकी बिमला रोकाया हिजो आज गिट्टी कुट्न ब्यस्त छिन् । बिहान उठ्यो खाना पकायो ,खायो । दिदीबहीनी मिलेर  खुसुुक्क वाउली खोला  जानु र गिट्टी कुट्नु आजकाल उनको दैनिकी भएको छ। कोरोना महामारीका कारण देश लकडाउनमा छ । उनी लकडाउनकै कारण ३५ दिन सम्म घरभित्र बसेको  तितो अनुुभव सुनाउँछिन् ।

महिना दिन सम्म पहिलेको कामवाट कमाएको  घर खर्च धान्यौं , विमलाले ज्याला मज्दुरीबाट आएको रकमले दुुई छोराको पढाइ खर्च र घर खर्च धानेकी थिइन् । ज्याला मज्दुरी गरी कमाएको रकमवाट जोहो गरेको माना सकिएपछि लुकीछिपी गिट्टटी कुट्न थालेकी हुन । दिनभरि पाँच देखि सात कट्टा गिट्टी फोडेर प्रति कट्टा ६० रुपैंयाँ पाउँछिन् । विगत लामो समय देखि गौमुल गाउँपालिका ३ माझपाली घर छोडेर  सदरमुकाम मार्तडी बस्दै आएकी छन।  उनका श्रीमान कमल  बैदेशिक रोजगारिका लगि मलेशिया छन्  ।

लकडाउनका कारण उनको रोजगार पनि त्यति  गतिलो छैन । त्यसैगरी बडीमालिका नगरपािलका अडा नं आठकी लक्ष्मी अयडीको समस्यापनि उस्तैछ । निरन्तरको असिना पानीले लगाएको बाली सखाप भएपछि खाद्यन्न जोहगर्न गिट्टी बालुवाको भर पर्नु परेको वताउँछन् । गौमुलकी भारु रोकायाको पनि मार्तडी बजारमा स–सानो होटेल ब्यबसाय छ । लकडाउनकै कारण उनको होटेलमा गत चैत्र देखि कोही ग्रहाक आउँदैनन् ।

होटेल वन्द भएपछि उनको अन्य  आयश्रोत केही छैन । एक महिना सम्म जेनतेन घरखर्च टारिन् बन्दाबन्दीको ४६औंदिन वितिसक्दा जोहो गरेको खाध्न्न लगायत दैनिक उपभोग्य सामान सकिएको छ । घर जाउँ खेतीकमै छैन, बजारमा बसुु पेटमा भोकछ । “भोको पेटले लकडाउन मान्दो रहेन छ । यहां महामारीले भन्दा पनि खान नपाएर  मरिएला जस्तो छ। बजारका बन्द कोठामा बस्नुभन्दा खोलाआएर गिट्टी बालुवा गरेको  भारको भनाइछ ।

बडीमालिका नगरपालिका आठकी  बृधा  जसुदेबी रावल भन्नुहुन्छ घरमा खान नपाएर भन्दा पनि बन्दाबन्दीले  घरभित्रै बस्न  नसकेर खोलामा  हातखट्टा तान्न गिट्टी फोरेकी हुं । जीवनमा खाली कहिलै वसिएन केही काम नगरे शरिर दुख्छ दैनिक ५/६ घण्टा काम गर्दै आएको बृद्धा रावलले भन्नुुभयो ।

यतिवेला बाजुराको सदरमुकाम मार्तडीका प्राय सबै होटेलपसल बन्द छन् होटेल ब्यबसाय गरी दिनगुजारा गर्ने सानो पूँजी भएका होटेलर र किराना पसेललाई लकडाउनले नराम्ररी प्रभावित बनाएको छ। धेरैजसो मानिस होटेल पसल बन्द गरी थातथलो घर फर्केका छन् । खेती कृषानी  छोडेका मानिस सदरमुकामको बाउली गएर मज्दुरी गर्न थालेका छन् ।

 बाजुराका अधिकांस स्थानीय तहले आ–आफ्ना नागरिकलाई भन्दै पाँचदेखि बढीमा ३० केजी चामल वितरण गरेका छन् । उक्त राहातले ठूलो जहान परिवार हुनेको घरमा पांच छाक भन्दा बढिलाई  पुुगेन । किषानको घरमा थोरै भएपनि अनाज भित्र्याउन थालेकाछन् । ससाानो हेटेल ब्यबसाय गरी जीवन निर्वाह गर्नेलाई बडी समस्या भएको छ।  गाउँ जाउँ खेती छैन वजारमा काम छैन कसरी जहान पाल्ने पिरलो निम्न स्तरका बजारियालाई छ मार्तडी बजारबासी मदन रोकायाले भन्नुुभयो ।

  सदरमुकाम मार्तडीका युवा पनि बजारको वसाइबाट दिक्क भएपछि खोलामा गएर ढुंगा फोर्न थालेकाछन् । दैनिक ज्यालदारी गरी पेटपाल्ने हामी निम्न आए भएका मानिसलाई   लकडाउनकै कारण पेटपाल्न मुस्कीलभयो । जहा परिवार पाल्नका लागि खोलामा छौं  । बडीमालिका नौंका जनक नेपालीले भने । सहकारीमा बचत गरेको पांच सय रुपिया पनि झिकेर खाइसकेऔं ।

केगरी जहान पाल्ने बजारको लकडाउनबाट भागेर खोलामा ढुुंगा फोर्न आएका छौं  अर्का यसवक जंग नेपालीले भने ।  खुद्रापसल नचलेपछि उनीपनि  दिन भरी बाउलीमा दैनिक पांच देखि सात कटा गिट्टी फोरेर    कारण  सदरमुकाम मार्तडी बजार लकडाउनका कारण दिन प्रति दिन । सदरमुकाम मार्तडी लगायत आसपासका क्षेत्रमा घरभवन लगायत भौकि संरचनाका लागि बाउली खोलाका ढुुगाले राम्रो मुल्य पाएका छन् भने पछिल्लो समयमा गिट्टी वालुवा बाट राम्रो  राजश्व संकलन भएको बडीमालिका नगरपालकाका वडा अध्यक्ष प्ररकाश रावलले बताउनुुभयो ।

 सदरमुकाम मार्तडीको बीच वजारमा  बेलुकी चारवजे पछि हिडडुल गर्ने मानिस र  भवन तथा सडक निर्माणमा  काम गर्ने श्रमिकलाई प्रहरीले नियन्त्रण लिने गरेको छ। सामाजिक दुरी कायम नगर्नेलाई र विनाकाममा बजार हिड्लेलाई नियन्त्रणमा लिई केही समय सम्झाएर पठाउने गरेको प्रहरी निरिक्षक एबं जिल्ला प्रहरीकायाृलय बाजुराका सुचना अधिकारी  दानबाहादुर रोकायाले बताउनु भएको छ ।