कोरोनाका कारण अप्ठ्यारोमा परेकालाई ‘हेल्पिङ ह्याण्ड’ क्यानडाको सहयोग

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात् कोभिड-१९ को प्रभावबाट अप्ठ्यारोमा परेकाहरुलाई सिमा बिहीन ‘हेल्पिगं ह्याण्ड’ क्यानडाले आपतकालीन कोष मार्फत नगद सहयोग गरेको छ ।

क्यानडा तथा नेपालमा भाइरसका कारण प्रत्यक्ष मारमा परेकाहरुका लागि सहयोग गर्ने हेतुले एक महिना अगि ‘कोभिड-१९ इमर्जेन्सी कोष’ स्थापना गरेको थियो । कोषमा अमेरिका र क्यानडामा बसोबास गर्नेहरुबाट संस्थाले लिएको लक्ष्य अनुरुप ५ हजार एक सय डलर सहयोग प्राप्त भैसकेको संस्थाले जनाएको छ ।

जम्मा भएको रकम बाट क्यानडाको बिभिन्न कलेज तथा बिश्वबिध्यालयहरुमा अध्ययनरत नेपाली बिध्यार्थीहरु, गोयल्फ जनरल हस्पिटल, सनि ब्रोक हस्पिटल, फूड बैंक क्यानडा, गैरआवासीय नेपाली संघ क्यानडा लगायत नेपालको एक बिपन्न परिवारलाई सहयोग गरेको जनाएको छ ।

संस्थाले राजन श्री छत्कुली को संयोजकत्वमा क्यानाडाभरिबाट १७ सदस्यीय रास्ट्रिय फन्ड परिचालन कमिटी गठन गरि कोष स्थापमा र संचालनको लागी समुदायमा आब्हान गरेको थियो।संस्थाले दिएको सल्लाहा र सूजाब अनुरुप राजन श्री छत्कुली को संयोजक्त्वमा गठित १७ सदस्यीय कोबिड-१९ भैपरी आउने राहत कोष कमिटिले कोष संचालन र परिचालनमा ब्यापक छलफल गरि अगाडी रहेको छ उक्त कोषमा क्यानाडा,अमेरिका मा रहेका नेपाली समुदाय तथा अन्य महानुभाबहरुले सहयोग गरेका थिए ।

साथै कोष संचालन र परिचालन को लागि अझै बेबस्थित गर्न अन्जनी राज भट्टराईको संयोजक्त्वमा भैपरी आउने राहत कोष ६ सदस्यीय सल्लाहकार कमिटि गठन गरेको थियो । आजै एनआरएनए क्यानडाका अध्यक्ष जिरन्जीवी घिमिरेलाई हेल्पिगं ह्यान्ड कोभिड-१९ इमर्जेन्सी कोषका संयोजक अन्जनी राज भट्टराई लगायत संथाका अन्य डाईरेक्टरहरु ऋषिकेश घिमिरे, गोपाल पाठक र रबिन्द्र आचार्य मार्फत संथाको तर्फबाट एनआरएनए कोषको सहयोगका लागि चेक हस्तान्तरण गरेका छन्।

संथाले कार्यक्रम सफल पार्न आआफ्नो तर्फ बाट महत्वपूर्ण भूमिका खेली यस्तो असहज परिस्थितिमा साथ सहयोग गरि संथाको उद्धेश्यमा हौसला थप्नुहुने सबै दाताहरुमा आभार व्यक्त समेत गरेको छ ।

साथै रास्ट्रिय फन्ड परिचालन कमिटीका संयोजक तथा सस्थाको डाईरेक्टर राजन श्री छत्कुलीले उठेको रकमलाई क्रमस क्यानडाको बिभिन्न कलेज तथा बिश्वबिध्यालयहरुमा करमस लन्डन ओन्टारियो ,ससकेत्चेवन, कयाल्गरी सहरमा अध्ययनरत नेपाली बिध्यार्थीहरु को लागि १६२० क्यानडियेन डलर , क्यानडाको बिभिन्न कलेज तथा बिश्वबिध्यालयहरुमा अध्ययनरत नेपाली बिध्यार्थीहरुको सहयोगको लागि एनआरएनए क्यानडाकालाई ५५५ क्यानडियेन डलर, गोयल्फ जनरल हस्पिटल गोयल्फलाई ४०१ क्यानडियेन डलर,सनि ब्रोक हस्पिटल टोरोन्टोलाई ४०१ र फूड बैंक क्यानडा लाई ४०१क्यानडियेन डलर , प्रदान गरिने निर्णय भएको र आबसेकता अनुरुप अन्यलाई परिचालन गर्दै जाने जानकारी प्रदान गर्नु भयो ।

साथै संस्थाले हाल कोरोनको कारणले हात मुख जोर्न समस्यामा परेको नेपालको काब्रे जिल्लाको को एक बिकट गाउमा रहेको बिपन्न परिवारलाई ६२० क्यानडियेन डलर प्रदान गर्ने निर्णय गरेको छ । सो फन्ड तथा भैपरी आउने राहत कोषमा सयोग र सद्भाव को लागी सस्थाको डाईरेक्टर ऋषिकेश घिमिरेले सबैलाई अनुरोध गरेका छन् ।