प्युठान कोरोना अपडेट : ३९ जनाकै पीसिआर रिपोर्ट नेगेटिभ

0
Shares

न्युज अफ नेपाल,प्युठान।

प्युठानमा ३९ जनाको कोरोना भाईरस (कोभिड १९) पीसिआर नेगेटिभ आएको छ । म्याग्दी र काठमाडौबाट आएका प्युठानका पुरुषमा आरडिटी परीक्षणमा पोजेटिभ देखिएका २ सहित ३९ जनाको स्वाव परिक्षणका लागी भैरहवा पठाइएको थियो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाइएका मध्ये कुनै पनि स्वावमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदीले जानकारी दिए ।

उनका अनुसार प्युठानबाट पीसिआर परिक्षणका लागि भैरहवा पठाईएका सबै गौमुखी गाउँपालिका र प्युठान नगरपालिकाका स्थानिय बासिन्दा हुन। अहिले सम्म प्युठान सुरक्षित रहेको बताउँदै सुबेदिले सचेत र सजग रहन सबैमा आग्रह गरे।