आर्ट अफ लिभिड.ग द्धारा राहत वितरण


न्युज अफ नेपाल, नवलपरासी ।
खोला नदीमा माछा मारेर जीविको पार्जन गर्ने बोटे, माझी, मुसहरका विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

आर्ट अफ लिभिड.ग चितवनले पूर्वी नवलपरासी मध्यविन्दु २ का ७० घर बोटे,माझी र मुसहर परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
लकडाउनका बेला जीविको पार्जनमा कठीनाई भोगिरहेका परिवारहरुको पहिचान गरि राहत बितरण गरिएको आर्ट अफ लिभिड.गका चितवन संयोजक भोजबहादुर खड्काले बताउनु भयो ।
विपन्नलाई प्रति परिवार १० किलो चामल, १ किलो दाल, १ किलो नुन र आधा लिटर तेल स्थानीय वडा प्रतिनिधिको रोहवरमा राहत वितरण गरिएको थियो ।