घरको चोटामा ८० किलो गाँजा


हेटौंडा, (नेस)

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ बस्ने फूलमाया तामाङले घरमा लागूऔषध गाँजा लुकाइराखेको सूचना शनिबार राति करिब पौने ९ बजे इलाका प्रहरी कार्यालय मनहरीमा आयो ।

प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको कमान्डमा प्रहरी टोली खटियो । टोलीले उनको घर खानतलासी गर्दा चोटामा लुकाइराखेको अवस्थामा ८० किलो गाँजा फेला प¥यो ।

घरधनी तामाङलाई गाँजासहित पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको जिप्रका मकवानपुरका सूचना अधिकारी प्रनि सुजन पाठकले बताउनुभयो ।

लागूऔषध नियन्त्रण ऐन–२०३३ बमोजिम उनलाई २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना हुने प्रनि पाठकले दाबी गर्नुभयो ।