प्रदेश १ मा १६ जना कोरोना संक्रमणमुक्त

0
Shares

न्युज अफ नेपाल,विराटनगर ।

प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगेको छ । आज पनि दुई जना कोरोनामुक्त भएर घर फर्किएका छन् । भोजपुरका २६ वर्षीय पुरुष र झापा बाह«दशीका ४० बर्षीय पुरुषले कोरोनालाई जितेर घर फर्कनु भएको हो । प्रदेश १ ३५ जना कोरोना संक्रमित थिए । यतिबेला कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १९ जना उपचाररत रहनुभएको छ ।

उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसैबीच प्रदेश सरकारले कोरोना परीक्षणको दर समेत बढाएको छ । यतिबेला प्रदेश १ मा पिसीआर र आरडीटी दुबै बिधिबाट परीक्षण भइरहेको छ । पिसिआर तीन ठाउँबाट भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

पिसिआरबाट २ हजार १ सय ४० जनाको परीक्षण भएको छ । जसमा २ हजार १ सय १ जनाको नेगेटिभ देखिएको छ । त्यस्तै आरडीटीबाट ७ हजार ७ सय ३७ जनाको नमूना परीक्षण भएको छ ।