भारतीय हस्तक्षेपको रुपन्देहीमा क्रियाशील ९ वटा राजनैतिक दलद्वारा बिरोध

0
Shares

यमलाल भुसाल,बुटवल ।

नेपालको भूमिमाथि भारतले निरन्तर अतिक्रमण गरेको भन्दै रुपन्देहीमा क्रियाशील ९ वटा राजनैतिक दलले बिरोध गरेका छन् । नेकपा मसाल सहितका विभिन्न राजनैतिक दलले काल पानी क्षेत्रको लिम्पियाधुरामा भारतले सडक खोलेकोप्रति बिरोध गरेका छन् ।

नेकपा (मसाल) रुपन्देही, राष्टिय जनमोर्चा रुपन्देही, नेपाल कम्युनिष्ट पार्टी रुपन्देही, क्रान्तिकारी माओवादी रुपन्देही, नेपाल कम्युनिष्ट पार्टी माले रुपन्देही, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, रुपन्देही, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुपन्देही, राष्ट्रीय जागरण परिषद नेपाल र राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले संयुक्त विज्ञप्ती जारी गरी भारतीय हस्तक्षेप भएको भन्दै बिरोध गरेका छन् ।

नेपाली भूमिमा नेपालको सहमति बिना खोलिएको बाटो तत्काल बन्द गरी आफ्नो भूमिको संरक्षणका लागि कुटनीतक पहल गर्न सरकारसंग रुपन्देहीमा क्रियाशील राजनीतिक दलको माग रहेको छ ।विवादलाई वार्ताको माध्यमद्वारा समाधान गर्ने कुरा भारतले बताइरहेको पृष्ठभूिममा कालापानी क्षेत्रमा भारतले नेपालको अनुमति वा स्वीकृित बिना निर्माण गरेको सडक उसको नेपालमाथि हस्तक्षेपको नांगो उदाहरण’ भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।