ललितपुर महानगरको न्यूनतम राहत,दाल र चामल

0
Shares

न्युज अफ नेपाल,ललितपुर ।

ललितपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिन लम्बिएको लकडाउनमा कोही पनि भोकै नपरुन् भन्दै समस्यामा परेकालाई न्यूनतम राहत सामग्री स्वरुप दाल र चामल दिने भएको छ ।

सामूहिक भोजन ९मेस० बन्द गरेर अति विपन्न , असहाय , दैनिक ज्यालादारी र अपागंता भएका व्यक्ति र तिनका परिवारलाई लकडाउनको समयमा खाद्यान्न अभाव नहोस् भन्दैै न्यूनतम राहत उपलब्ध गराएको महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राहत आवश्यक पर्नेले वडा अध्यक्षसँग सम्पर्क गर्न समेत महानगरले अनुरोध गरेको विज्ञप्तिमा जनाइएको छ । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले कोहीपनि भोकै बस्न नपरोस् भन्दै उक्त निर्णय गरिएको बताए ।

यसअघि महानगरले लगभग सबै वडामा १५ दिनभन्दा धेरै दिन मेस चलाएको थियो । ललितपुर महानगरपालिकाले लकडाउन सुरु भए लगत्तै जी टु जी प्रक्रिया मार्फत साल्ट ट्रेडिङ कर्पोरेसनबाट खाद्य सामग्री खरिद गरेर वडाहरुमा राहत वितरण गरेको थियो ।