कोरोनाको कहरमा अन्तराष्ट्रिय धादिङ समाजको सहयोग

0
Shares

भूपराज बस्याल,काठमाडौ ।

अन्तर्रा्ष्ट्रिय धादिङ समाजले धादिङ जिल्लाका १३ वटै स्थानिय निकायलाई स्वास्थ्य एवं खाद्यन्न सामाग्री सहयोग गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) बाट विश्व नै आक्रान्त भइरहेको विषम परिस्थितीलाई मध्यनजर गर्दै समाजले धादिङ जिल्लाभर स्वास्थ्य र खाद्यन्न समाग्री सहयोग गरेको हो ।

दैनिक ज्याला मजदुरीबाट जीवन धान्नेहरुलाई सहयोग गरौँ, स्वास्थ्य क्षेत्रलाई अत्यावश्यक सामाग्री उपलब्ध गराऔँ” भन्ने मुल उद्देश्यको साथ सुरुभएको अभियान, पहिलो र दोस्रो गरी दुईचरणमा सम्पन्न गरिएको हो । पहिलो चरणमा स्वास्थ्य सामाग्री र दोस्रो चरणमा खाद्यान्न अन्तर्गत २३४० केजी चामल, १३० केजी नुन १३० लिटर तेल, ३२५ केजी दाल र १५ थान गन थर्मो्मिटर सहयोग गरिएको अन्तर्रा्ष्ट्रिय धादिङ समाजका अध्यक्ष नानुकाजी अर्यालले बताउनुभयो ।

पहिलो चरणको कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरि माक्स, सेनिटाइजर, पिपिई सेट, सावुन लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको प्रबक्ता राजन खकुरालले जानकारी दिनुभयो । दुवै चरणको कार्यक्रम अन्तर्गत १३ वटै स्थानिय निकायको केन्द्रसम्म नै पुगेर समाग्री हस्तान्त्रण गरिएको पनि उहाँले बताउनुभयो ।

उक्त अभियानमा देश तथा विदेशमा रहेका सयौँ सहयोगी हातहरुको सक्रिय सहभागिता रहेको थियो । विशेष गरि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका धादिङेली र नेपालमा विभिन्न पेशा तथा व्यावसायमा आबद्ध सहयोगी मनहरुकै कारण अभियानले पुर्णता पाएको समाजले जनाएको छ ।

सामाजिक संजाल मार्फत चलाईएको सो अभियानलाई सफल बनाउन करिब ९ लाख बराबरको सहयोगको प्रतिबद्धता प्राप्त भएको थियो । साथै पछि उत्पन्न हुने परिस्थितीलाई मध्यनजर गर्दै आबश्यकता अनुसार तेस्रो चरणको कार्यक्रम पनि संचालन गर्न सकिने समाजले जनाएको छ । दोस्रो चरणको कार्यक्रम सम्पन्न भएसंगै जिल्ला भरी रहेका स्थानिय निकायलाई स्वास्थ्य र खाद्यान्न सामाग्री पुर्याउने संस्थाहरुमा अन्तर्रा्ष्ट्रिय धादिङ समाज पहिलो र एकमात्रै संस्था समेत बनेको छ ।