मदिरा व्यवसाय निर्वाधरुपमा संचालन गर्न पाउनु पर्ने व्यवसायीको माग

0
Shares

यमलाल भुसाल,बुटवल ।

मदीरा व्यवसाय निर्वाधरुपमा संचालन गर्न पाउनुपर्ने माग मदीरा व्यवसायीहरुले गरेका छन् । मदीरा ब्यवसायी संघ रुपन्देहीले एक विज्ञप्ती जारी गर्दै लकडाउनको अवस्थामा अत्यावश्यक बस्तुको नाममा विभिन्न मार्ट र किराना पसलहरुले खुलेआम मदीराको विक्री वितरण गरिरहेको साथै अबैध मदीराको कारोबार व्यापक भएकोले व्यवसायीहरु मर्कामा परेको र साथसाथै राज्यको करोडौं राजस्व समेत गुमिरहेकोले निर्वाधरुपमा संचालन गर्न पाउनुपर्ने माग संघले गरेको छ ।

मदिरा व्यवसाय बन्द हुँदा अवैध मदिराको बिक्री वितरण बढ्दै गएको संघले जनाएको छ । यो परिस्थितिमा राज्यबाट अनुमती लिई सरकारको ऐन नियमलाई पूर्ण पालना गरि राजश्व तिरेर संचालन गरिएको मदिरा व्यवसाय संचालन गर्न पाउनुपर्ने संघको माग रहेको छ । मदीरा ब्यवसायिका अनुसार ग्रामीण भेगमा अबैध मदिरा उत्पादनमा खाध्यान प्रयोग व्यापक भएकाले भविस्यमा खाद्य संकट समेत उत्पन्न हुन सक्ने दावि गरेका छन ।

संघका अध्यक्ष शम्भु भट्टराई र महासचिव हिमाल भुसालद्धारा जारी विज्ञप्तिमा – ‘आज सम्पूर्ण मदिरा व्यवसावय बन्द हुँदा यस व्यवसायमा संलग्न व्यवसायीले बैंकको ऋण, ब्याज, स्टाफ तलब, घर भाडा, गोदाम भाडा तिर्न नसकी व्यवसायीहरु टाट पल्टने अवस्थामा रहेका उल्लेख गरिएको छ ।
मदीरा व्यवसायमा आश्रीत लाखौं मजदुर तथा उनका परिवारसमेत समस्यामा परेका छन् ।

देशको कुल राजश्वको २२ प्रतिशत राजश्व तिर्ने यो व्यवसायलाई सरकारले संरक्षण गर्नुपर्छ । साथै लकडाउनको समयमा बैंकको व्याज मिनाहा, बिजुलीको महशुल मिनाहा, विमा प्रिमियममा ५० प्रतिशत छुट, घरबहालमा छुटलगाएत प्रत्यक्ष र अप्रत्यक्षरुपमा व्यवसाय र व्यवसायीलाई परेको मर्काको उचित सम्वोधन होस् भनी यस मदिरा व्यवसायी संघ रुपन्देही जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख छ ।