सचिन तेन्दुलकरद्वारा ४ हजारलाई सहयोग

0
Shares

मुम्बई, एजेन्सी ।

भारतीय क्रिकेट लेजेन्ड सचिन तेन्दुलकरले कोरोना भाइरस महामारीका कारण पिडित ४ हजार मानिसलाई राहत सामाग्री वितरण गरेका छन् ।तेन्दुलकरले गैर नाफायुक्त संस्था ’हाई फाइभ’ फाउन्डेसनमार्फत् ४ हजार जनालाई राहत सामाग्री उपलब्ध गरेको बताइएको छ । जसमा वृहन्नमुम्बई म्यूनिसिपल कर्पोरेसन स्कूलका विधार्थी पनि छन् ।

सहयोग राशीको आकार नखुलाइए पनि सचिनले ट्वीट गर्दै दुर्गम क्षेत्रका मजदूर परिवारहरुलाई सहयोग पुर्याउन हाई फाइभ फाउन्डेसनलाई शुभकामना दिएका छन् ।हाई फाइभ फाउन्डेसनले पनि पिडितहरुलाई सहयोग उपलब्ध गराएकोमा सचिनलाई धन्यवाद दिएका छन् । यसअघि सचिनले केन्द्र र राज्य सरकारलाई पनि सहयोग उपलब्ध गराइसकेका छन् ।

उनले प्रधानमन्त्री केयर्स फन्ड र महाराष्ट्रका मुख्यमन्त्री राहत कोषमा २५–२५ लाख भारु सहयोग गरेका थिए । त्यसबाहेक अर्को एउटा संस्थामार्फत पनि मुम्बईका ५ हजार मानिसलाई एक महिनाका लागि खाधान्न उपलब्ध गराएका थिए । एनजीओ ’अपनालय’ मार्फत् उनले मुम्बईस्थित शिवाजी नगर र गोभन्डीका वासिन्दालाई राहत वितरण गरेका थिए ।