व्यावसायिक पहलद्वारा एक हजार पिपिइ हस्तान्तरण

0
Shares

काठमाडौँ । 

राष्ट्रिय व्यावसायिक पहलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई रु ३० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सिंहदरबारस्थित उहाँको कार्यकक्षमा पुगेर सो सस्थाका महासचिव सुरेन्द्रवीर मालाकारले व्यक्तिगत सुरक्षा सामग्री ९पिपिइ० एक हजार थान आज उपलब्ध गराइएको हो ।

ती स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यकता हेरी सातै प्रदेशमा हस्तान्तरण गर्ने जनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले वर्तमान चुनौतीपूर्ण घडीमा निजी क्षेत्रले शुरुआती चरणदेखि नै आर्थिक सहयोग, राहत सङ्कलन तथा वितरणमा पु¥याउँदै आएकोमा बताउनुभयो ।

उहाँले प्राप्त स्वास्थ्य सामग्रीले कोरोनाको जाखिम नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । मन्त्री भट्टले कोरोनाका कारणले बन्द भएका उद्योग कसरी पूर्ववत अवस्थामा चलाउन सकिन्छ भनेर आवश्यक पहल भइरहेको जानकारी दिदै निजी क्षेत्र र सरकारबीच हातेमालो गरेर अगाडि बढ्न आफूहरु तयार रहेको उल्लेख गर्नुभयो ।

सो सस्थाका अध्यक्ष कुशकुमार जोशीले मुलुक अहिले कोरोना भाइरसको कारण सिर्जित सङ्कटपूर्ण अवस्थाले निजी क्षेत्रका सम्पूर्ण गतिविधि अवरुद्ध हुँदा आर्थिक सामाजिक विकासको गति ठप्पप्रायः भएको बताउँदै अविलम्ब एकीकृत राहतका कार्यक्रम ल्याइ अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

मुलुकको दिगो विकास र सामाजिक उत्तरदायित्वको क्षेत्रमा सरकारसँग हातेमालो गर्दै करिब दुई दशकदेखि क्रियाशील सो सस्थाले यसका अतिरिक्त कार्यस्थलसम्बन्धी प्रकाशनलगायत अन्य सचेतनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । भविष्यमा पनि आफनो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिइने र बन्द भएका उद्योग व्यवसाय सुरक्षित तरिकाले पूर्ववत अवस्थामा चलाउन सरकारले पनि सहजीकरणको भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सस्थाका संस्थापक अध्यक्ष पद्म ज्योतिले पनि बन्द भएको उद्योग पूर्ण सञ्चालन गर्न सरकार, उद्योगी तथा कर्मचारीसँग सल्लाह गरी ठोस योजना ल्याउनुपर्ने धारणा राख्नुभयो । पहलका सदस्य उमेश श्रेष्ठले विषम परिस्तिथिमा सरकार, उद्योग र मजदुर सङ्घका प्रतिनिधि बीचमा छलफल गरी के–कसरी मजदुरको सुरक्षा गर्न सकिन्छ भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।स्वास्थ्य सामग्री हस्तान्तरण समारोहमा उद्योग सचिव चन्द्र घिमिरे तथा वाणिज्य सचिव बैकुण्ठ अर्याललगायतको उपस्थिति थियो ।