तिब्बतले पठाएको खाद्य तथा स्वास्थ्य सामाग्री ओलाङ्चुङगोला आइपुग्यो

0
Shares

दिलकुमार लिम्बू,तापलेजुङ ।

चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले ताप्लेजुङको सीमावर्ती क्षेत्र ओलाङ्चुङगोलाको लागि खाद्यान्न र स्वास्थ्य सामग्री पठाएको विहिवार फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ७ ओलाङ्चुङ गोलामा आई पुन्ने भएको छ ।

फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता वालुङका अनुसार तिब्बत सरकारले प्रति बोरो २५–२५ किलोग्राम वजन भएको २ सय ५० बोरा चामल र उतिनै परिणामको मैदा, प्रति बोरा २५ किलो वजन भएका ६५ बोरा नुन, ३ सय ३० ग्राम प्रतिपोका वजन भएको र ३० पोका बराबर एक काटन रहने गरी ६५ काटन दुध पाउडर, प्रतिबोरा २० किलो वजन भएको ६५ बोरा चिनी र प्रति जार ५ लिटर भरिएको १ सय जार तेलसहित एन–९५ मास्क, सर्जरी मास्क र थर्मगनसहितका सामग्री तिब्बत सरकारले उपलब्ध गराएको प्रवत्ता आलुङले जानकारि दिनुभयो ।

टिपतालासम्म तिब्बत सरकार ल्याईदिने सामग्री त्यहाँबाट वितरण स्थलसम्म भने फक्ताङ्लुङ गाउँपालिकाले ल्याउने फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङले जाकारि दिनु भयो । टिपतालाबाट २५ किलो मिटर याक र चौंरीलाई बोकाएर ओलाङ्चुङगोला पुर्याएर खाद्य सामाग्री तानासाहि तरिकाले वितरण गर्ने र स्वास्थ्य सामाग्री भने आवश्यता अनुसार फक्तालुङलुङ गाउँपालिकामा रहेको स्वास्थ्य चौकीहरुमा वितरण गर्ने प्रवक्ता वालुङले जाकारिदिनु भयो

ओलाङ्चुङ गोलामा अहिले जम्मा ५३ घर परिवार र याङ्मामा १० घर परिवार गरि जम्मा ६३ घर परिवारमा जनसंख्याको आधारमा खाद्य सामाग्री वितरण हुने प्रवक्ता वालुङले जानकारि दिनुभयो ।