पीसिआर र आरडिटी गरी १ हजार ५४ परीक्षण

0
Shares

न्युज अफ नेपाल, नवलपरासी ।

कोरोना संक्रमण पहिचानका लागि पूर्वी नवलपरासीमा हाल सम्म आरडिटी र पिसिआर गरी १ हजार ५४ परीक्षण गरिएकाछन् ।
परीक्षणको नतिजा भने हाल सम्म सवै नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

जिल्लाका आठ ओटा स्थानीय निकाय मध्ये सवै भन्दा वढी २५ पिसिआर परीक्षण गैडाकोट नगरपालिकामा गरिएको हो ।
यसरी नै नगरहरुमा मध्यविन्दुमा १५, कावासोतीमा १४ र देबचुलीमा ८ जनाको स्वाव परीक्षण भएको थियो ।

गाउँपालिकामा हुप्सेकोटमा ६, विनयी त्रिवेणीमा २ र बौदिकालीमा २ पिसिआर टेष्ट भएको छ भते बुलिंगटारमा पिसिआर परीक्षण सुन्य रहेको छ ।

विदेश र बेजिल्लाबाट आएका सहित ज्वरो, रुघा, खोकी र प्mलु जस्ता लक्षण देखिने कतिपय संकास्पदहरुमा गरी ९ सय ८३ जनाको आरडिटी गरिएको हो ।

बैशाख १० गते पछि जिल्लामा २ सय ४० जना भित्रिएकाछन् भने विहिबार सम्म ३२ जना क्वारेन्टाईनमा बसिरहेको जिल्ला स्वास्थ्य प्रमुख केशव चापागाईले बताउनु भयो ।

जिल्लामा विहिबार ३ सय ३७ जना स्वास्थ्य परीक्षणका लागि ओपिडीमा आएकामा १५ जनामा मात्र ज्वरो देखा परेको स्वास्थ्य कार्यालय स्रोतले जनाएको छ ।

आइसोलेसनका २४ र क्वारेन्टाईनका ७ सय ६८ बेड रहेको पूर्वी नवलपरासीमा कुल ८ सय ६८ जना विदेशबाट आएको तत्थ्यांक छ ।
यसरी विश्वब्यापी महामारी कोभिड १९ रोकथाम र नियन्त्रण प्रयास अन्तर्गत जिल्लामा जम्मा १ सय ५५ जना मात्र क्वारेन्टाईन बसेको तथ्यांकले देखाएको छ ।