लकडाउनले बढायो अनलाइन ब्यापार

0
Shares

दयाराम पण्डित, बाजुरा  ।

हिजो आज बडीमालिका नगरपािलका वडा नं आठका खुद्र ब्यापारी धन कृष्न विक अनलाइनमा ब्यस्त देखिन्छन्।मार्तडी वजारको त्रिबेणी सानाजलविद्यूत केन्द्रसंगै जोडिएको एक सानो टिनको छाप्रो छ।

आजकाल टिनको छाप्रोको ढोका आधा खोलेको देखिन्छ । छाप्रो भित्रै अशोक जनरल स्टोरको दैनिक उपभोग्य सामान चिरिच्याट्ट सजाएर राखेका हुन्छन् । आफुु त्यही पसलको काउन्टरमा राखेको कम्प्युटरमा ब्यस्त हुन्छन् । कम्प्युटरसंगै वाइफाई सुविधापनि जोडेका छन् ।

सदरमुकाम मार्तडीका एक हजार भन्दा बढि साथीहरु उनको फेबुक सञ्जालमाजोडिएका छन् ।समाजिक सञ्जालमा उनीअरुको जस्तो हाइफाइ गफ च्याट गर्दैनन् । फेसबुकमा जस्को हरियो बत्ती बलेको छ उनलाई हजुर नमस्कार ! भनि सम्बोधन गर्छन् ।

सर यहाँलाई केही दैनिक उपभोग्य सामानको आबस्यकता छकी ?भनि सोधी हाल्छन् । सामानको त आबस्यक छ । तर, लकडाउन अर्थात बन्दा बन्दीको अवस्थामा समान लिन बाहिर कसरी निस्किनु जानुपनि समस्या छ प्राय ग्रहाकबाट यही उत्तर आउँछ । धनकृष्न भन्छन्धन्दा नमान्नुुस न सर तपाई अडरमात्र गर्नुस् म होम डेलिभरी गरिदिन्छु। उनको यतिकैमा फेसबुक च्याट केही बेरको लागि बन्द हुन्छ । त्यही म्यासेज टोलको अर्को फेसबुक साथीलाई पठाउँछन् ।

जबउनको म्यासेन्जरमा सामानको अडरसिलिप आउँछ । त्यसपछि खुदब्यापारी धनकृष्न सामान प्याक गर्न थाल्छन् । बिहान ११ बजे देखि दिउसो तिन बजे सम्म होम डेलिभरीमा आफै खटिन्छन् ।अशोक जनरलस्टोरका प्रापोराईटर विकले आजै अनलाईन बाटै विबाहको सामान अडरलिए । अडराउनसाथ प्याक गरेर तुरुन्त पठाइ दिए । पसलमा को कस्ता ग्रहाक आउँछन् कोरोनाको डर छ ।

त्योभन्दात ग्राहकको दैलोमा सामान राख्यो पैशा बुुझ्यो आफुपनि ढुक्क ग्राहकपनि ढुक्क । यो काइदाको ब्यापार हो । कोरोनावाट पनि सुरक्षित सामानपनि सुरक्षित पुुगाउन सकिन्छ ब्यापारी बिकले खुुशी ब्यक्त गरे ।

 

हाल उनी बडीमा एक किलोमिटरको दुरीमा रहेका ग्राहको घरमै समान पुुगाउँछन् । ब्यापारी धनकृष्नसंग दाल, चिनी,चामल, पिठो, तेल सावुन । अण्डा,मिनरलवाटर,अण्डा लगायत दैनिक उपभोग्य सामान छ । उद्योगवाणिज्य संघले को मुल्यसूचीकै आधारमा सामान ग्राहकको दैलोमा पुुर्याएको उनि बताउँछन् ।

होमडेलिभरी गरेवापत केही थप सेवा आफुले नलिएको उनी वताउँछन् । उनको आजकाल देनिक १०हजार रुपैंया बढि अनलाईन कुराकानी संगैं जोडिइएको ब्यापार हुन्छ । यो संकटको वेला ग्राहकलाई सन्तुष्टि दिन सक्नुनै आफ्नो धर्महो ,ब्यापारी वि.क को भनाईछ । सामान्य अबस्थामा तिन चारहजार रुपैंयाको दैनिक ब्यापार हुन्थ्यो उनले भने ।

“यतिबेला विश्वमा कोरोना संक्रमणका कारण हामी लकडाउनमा छौं । साउजीलाई म्यासेज गर्छु । त्यसपछि टेलिफोनमा कुरा हुन्छ । सामान लिएर आउनुहुन्छ। सामान पनि गुणस्तरिय छ । अझ पसलमै गएर किन्दा सामाजिक दुरी कायम नहुन पनि सक्छ । साहुजी पनि ढुक्क हामीपनि ढुक्क ।”बहुुक्षेत्रीय पोषण परियोजना बाजुराका संयोजक नरवहादुर आउजीले भन्नुुभयो ।

“मार्तडी बजार बयबस्थापन समितिका उपाध्यक्ष समेत रहेका धनकृष्न विक बजार सरसफाई तथा ब्यबस्थापनमा पनि उत्तीकै जुटेको देखिन्छन् । समाजिक सञ्जालको माध्याम वाट अडरलिएर सानो ब्यापार गरेको छु । आफुसंग पुँजी भए जिल्लाभर अनलाईन ब्यापार गर्ने रहर छ । ”खुद्रा ब्यापारी धनकृष्नले भने ।

कोरोना संक्रमणका कारण मार्तडी बजार बिहान ११ बजे देखि दिउसो तिन बजे सम्म पसल फट्फुट खोलेका हुन्छन् । ४० दिन बढि होटेल पसल ठप्प हुंदा स्थानीय मारमा छन् । यद्येपी टेलिफोन र इन्टरनेटको पहुंचमा हुने ग्रहाकहरु सामाजिक सञ्जालको सही प्रयागकर्ताले सहजरुपमा सामान पाएको मा खुशी ब्यक्त गरेकाछन् । समाजिक सञ्जालको बढ्दो बिक्रीति संग नराम्रो मात्र हैन प्रविधि प्रयोग गर्न सके सामाजिक सञ्जाल फाइदाजनक रहेको समाजिक सञ्जाल प्रयोग कर्ताको भनाइ छ ।