हावाहुरीका कारण सिन्धुलीमा ७१ घरको छाना उडायो, ११ टनेल पनि उड्यो

0
Shares

बुद्ध नेपाली,सिन्धुली ।

बिहीवार दिउसो पानीसँगै आएको भिषण हावाहुरीका कारण सिन्धुलीमा ठुलो मात्रामा घर, गोठ र तरकारी खेतीमा क्षति गरेको छ । जिल्लाका पाँच स्थानिय तहमा ७१ घरको छाना, गोठको छाना र तरकारी खेतीमा प्रयोग भएको प्लाष्टिक टनेल र स्क्रिन हाउस उढाएको छ ।

हावाहुरीले गोलन्जोर गाउपालिकामा सबैभन्दाबढी क्षति गरेको छ । गोलन्जोर गाउपालिकामा मात्रै ५२ वटा घरको छानो उढाएको छ । गोलन्जोर गाउपालिका वडा न.१ मा ४ वटा घर, वडा नं. २ मा २ वटा घर, वडा नं. ३ मा २ वटा घर, वडा नं.४ मा ४४ वटा घर, वडा नं. ५ मा ६ वटा घर, १ वटा गोठ , तरकारी खेतीको टनेला ११ वटा र १ स्क्रिन हाउस उढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कमलामाई नगरपालिका वडा नं.४ मा १ वटा घर, दुधौली नगरपालिका वडा न.५ मा ४ वटा घर, वडा नं. ६ मा १ वटा घर, वडा नं. ७ मा १ वटा घर, वडा नं. ८ मा १ वटा घर, वडा नं.९ मा १ वटा घरको छाना उढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक रन्जु सिग्देलले जानकारी दिनुभयो ।

उता हावाहुरीले मरिण गाउपालिका वडा नं. ६ मा एक घरको छाना उढाउनुका साथै घर भत्काएको छ । आज दिउसो पानीसँगै आएको हावाहुरीले मरिण गाउपालिका वडा नं. ६ का जय बहादुर गोलेको घरको छाना उढाउनुका साथै घर भत्काएको मरिण गाउपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो । हावाहुरीले घरको छाना उढाएर घरमा बस्न नमिल्ने भएपछि गाउपालिकाले तत्काल बस्नका लागि छाप्प्रो बनाउन ३ बन्डल जस्ता उपलब्ध गराएको गाउपालिका अध्यक्ष बम्जनले बताउनुभयो ।

हावाहुरीले मरिण गाउपालिकाको विभिन्न सामुदायिक वन तथा निजी वनको रुखहरु ढालेको अध्यक्ष बम्जनको भनाई छ । उता आज नै पानीसँगै आएको भिषण हावाहुरीले हरिहरपुरगढी गाउपालिकामा पनि क्षति गरेको छ । त्यस्तै हरिहरपुरगढी गाउपालिका वडा नं. १ मा करिव ३ वटा घरको छाना उढाएको भन्ने खबर आएको गाउपालिका अध्यक्ष कार्साङ लामाले जानकारी दिनुभयो । हावाहुरीले कहाँ कति क्षति गर्यो भन्ने थप खबर आउनेक्रम रहेको उहाँले बताउनुभयो ।