सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुद्वारा दीप प्रज्वलन

0
Shares

सीताराम अधिकारी,धादिङ ।

धादिङमा इन्सेक सहितको सहभागितामा नागरिक समाजले जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय र ससस्त्र प्रहरी कार्यालयमा ०७७ वैशाख २५ गते दिप प्रज्वलन गरिएको छ ।कोरोना भाइरस (कोभिड १९) कोमहामारी नियन्त्रण गर्न नागरिकको उपचार र सेवामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको सम्मानमा दिप प्रज्वलन गरिएको हो ।

इन्सेक, सहयात्री समाज तथा नागरिक समाजको आयोजनामा गरिएको दिप प्रज्वलन कार्यक्रममा नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । नागरिकहरुले एक्कासी गरिएको दिप प्रज्वलनमा सहभागि सुरक्षाकर्मी रस्वास्थ्यकर्मीहरुले नागपरिक समाजलाई प्रशंसा गर्दै निरन्तरसहकार्यको आव्हान गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मी र जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले नागरिकहरुको सहयोगले मात्र महामारीको बेला आफूहरुले काम गर्न सकेको र निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।