स्वास्थ्य सेवा विभागमा दीप प्रज्वलन

0
Shares

न्यूज अफ नेपाल,काठमाडौं ।

कोरोना संक्रमणको उपचारका लागि फ्रन्ट लाईनमा खटिने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउँन विहिबार साँझ स्वास्थ्य सेवा विभागमा पनि दिप प्रज्वलन गरियो । दिप प्रज्वलन कार्यक्रममा सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले, फिल्डमा खटिएका स्वास्थ्यकर्मी,सुरक्षाकर्मिको हौसलाका बुद्ध जयन्तिको अवसरमा दिप प्रज्वलन गरीएको बताउनुभयो ।

बुद्ध जयन्तिको अवसरमा विश्व भरि कोरोना विरुद्धको लडाईमा फिल्डमा खटिने राष्ट्रसेवकहरुलाई हौसला प्रदान गर्नुका साथै संक्रमितको स्वास्थ्य लाभको कामना र मृतकको चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन गरीएको श्रेष्ठले बताउनुभयो ।

दीप प्रज्ज्वलन कार्यक्रममा व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा, उपचारात्मक सेवा महाशाखाका प्रमुख डा.तारानाथ पोख्रेल, विभागका निरीक्षक मदनकुमार वली लगायतको उपस्थिती रहेको श्रेष्ठले बताउनुभयो । देशव्यापी रुपमै दीप प्रज्वलनका लागि सरकारले नेपाल टेलिकमको मोबाईल र टेलिफोनको रिङटोन मार्फत आवहान गरेको थियो ।