पुष्कर बुढाथोकी,भक्तपुर ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न खाद्यान्न राहतका लागि रोजगारी कार्यक्रम सञ्चालन गरेको छ । नगरभित्र बसोबास गर्ने स्थानीय र अस्थायी बसोबास गर्नेहरुलाई नगरपालिकाले रोजगारी दिन थालेको हो ।
लकडाउनका कारण रोजिरोटी गुमाउनु परेका श्रमिक तथा विपन्न परिवारलाई चाँगुनारायण नगरपालिकाले ‘खाद्यान्नको लागि रोजगारी’ कार्यक्रम अन्र्तगत साताको दुई दिन रोजगारी दिएको हो । खाद्य रोजगार कार्यक्रम अन्र्तगत २५ सय विपन्न, श्रमिक तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुले सडक सफार्ई, सडक मर्मत गर्ने, जडिबुटी लगाउने, बुट्यान सफा गर्ने, खानेपानीको पाइप बिछ्याउने कार्य गरिरहेको नगरप्रमुख सोम प्रसाद मिश्रले जानकारी दिनुभयो ।
नगरपालिकाले वडामा रहेका मजदुरलाई वडा कार्यालयको विपद् व्यवस्थापन समितिको नेतृत्वमा विभिन्न कार्य विभाजन गरि विभिन्न समूहमा काम गराइरहेको नगरपालिकाका २ नम्बर वडा अध्यक्ष शिवहरी केसीले बताउनुभयो । नगरपालिकाको सबै वडामा लकडाउन रहेसम्म साताको दुई दिन काम दिने गरि रोजगारी प्रदान गरिरहेको छ । यसका लागि नगरपालिकाले कार्यविधि तयार गरि कार्यपालिकाबाट स्विकृत गराएको छ ।
यो कार्यक्रम अन्तरगत मजदुरले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ८ घण्टा काम गर्नुपर्दछ । नगरपालिकाको दिनको ८ सय १० रुपैयाँका दरले दुई दिन काम पुरा गरेपछि कार्यस्थलबाटै सोह्र सय २० रुपैयाँ प्रदान गर्ने गरेको नगर प्रमुख मिश्रले जानकारी दिनुभयो ।
यता सुर्यबिनायक नगरपालिकाले पनि खाद्यान्न राहतका लागि रोजगारी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
प्रतिक्रिया