नलगाड नगरपालिकाद्वारा आफनै खर्चमा डाक्टर नियुक्ती


बासुदेव शर्मा, जाजरकोट ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिट १९ लाई मध्य नजर गर्दै नलगाड नगरपालिकाले आफनै लगानीमा चिकित्सक भर्ना गरेको छ । नलगाड नगरपालिकामा रहेको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समय देखि डाक्टर नहुँदा सेवा प्रवाहमा समस्या भएकोले नगरपालिकाले आफनै खर्चमा करार सेवामा काम गर्ने गरि एमडी गरेका डाक्टर नियुक्ती गरेको हो ।

कोभिड १९ महामारी विश्वमा फैलिरहेका वेला नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना पनि डाक्टर नहुँदा स्वास्थ्यकर्मीलाई काम गर्न समस्या भएपछि नगरपालिकाले डाक्टर आरके मण्डललाई नियुक्ती गरेको छ ।

नगरपालिकाले डाक्टर नियुक्ती गरेसगै प्राथमिक स्वास्थ्य केन्द्र दल्लीबाट सामान्य शल्यक्रिया, भिडियो एक्सर, भ्याक्सोटोमि, महिलाहरुको पाठेघर खस्ने, सेतोपानी वग्ने लगाएतका सेवा संचालनमा आएको डाक्टर मण्डलले वताउनु भयो ।

स्वास्थ्य सेवा सवै नागरिकहरुको पहुँचमा पुरयाउन डाक्टर नियुक्ती गरिएको नलगाड नगरपालिकाका नगर प्रमुख टेक बहादुर रावलले वताउनु भयो । कोरोना भाईरसको महामारी विरुद्ध लडनको लागी पुर्व तयारी स्वरुप नगर कार्यपालिकाले डाक्टर भर्ना गर्ने निर्णय गरे अनुसार डाक्टर मण्डललाई नियुक्ती गरेको नगर प्रमुख रावलले वताउनु भयो ।

प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा कार्यरत दरवन्दीका डाक्टर संञ्जय यादव एक वर्ष देखि एमडी अध्ययनका लागी विदामा गएपछि स्वास्थ्य केन्द्र डाक्टर विहिन रहेकोले जिल्ला अस्पतालमा कार्यरत छात्रबृद्धीका डाक्टरलाई ल्याउने कोशिस गरयौ सम्भव भएन डाक्टर पठाई दिन मन्त्रालयलाई धेरै पटक हार गुहार गरयौ डाक्टर पाउन नसकेपछि नागरिकहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै मासिक एक लाख २० हजार तलव भत्ता दिने गरी डाक्टर नियुक्त गरेका छौ नगर प्रमुख रावलले भन्नु भयो ।

डाक्टर नियुक्ती गरे सगै विरामीको चाप बढ्न थालेको नलगाड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र सिहले वताउनु भयो । कोरोना भाईरस कोभिड १९ को महामारी फैलिरहेका वोला डाक्टर नियुक्तीले नगरपालिकाका स्वास्थ्य संस्थामा कार्यरत एचए, सिएमए, अनामी लगाएतका स्वास्थ्यकर्मीहरुको मनोवल वढेको उहाँको भनाई रहेको छ । स्वास्थ्य केन्द्रमा डाक्टर नियुक्ती गरे पछि स्थानिय नागरिकहरु खुशी भएका छन ।