बार्सिलोनाका खेलाडी ट्रान्सफरका लागि उपलब्ध


मेड्रिड, (एजेन्सी)

ला लिगा क्लब बार्सिलोनाले आफनो दुई खेलाडीबाहेक सबै खेलाडीलाई ट्रान्सफरका लागि उपलब्ध गराएको छ । लियोनेल मेसी र पहिलो च्वाइसका गोलकिपर मार्क एन्डे« टर स्टेजनलाई मात्रै बार्सिलोनाले क्लबमै राख्ने भएको हो ।

तर मुन्डो डेपोर्टिभोको अनुसार कोरोनाभाइरसको संकटमा क्लबले हरेक खेलाडीलाई लिलामीमा राखेको छ । यसअघि नै कोरोनाभाइरसको कारण नौ क्याम्पका खेलाडीहरुले ७० प्रतिशत तलब कटाउने स्विकार गरेका छन् ।

बार्सिलोनाका अध्यक्ष उम्मेदवार भिक्टोर फन्टले क्लब आर्थिक नोक्सानीतिर अग्रसर भइरहेको घोषणा गरेका थिए । सी अल फुटुर समूहका नेता फन्टमाथि क्लबलाई आर्थिक नोक्सानीबाट जोगाउने आस गरिएको छ । वर्तमान अध्यक्ष जोसेप मारिया बार्टोमेउको कार्यकाल सकेपछि उनी अध्यक्ष पदमा आउन सक्ने मुन्डो डिपोर्टिभोले जनायो ।

बार्सिलोनाले सबैभन्दा पहिले फिलिप काउटिन्हो र औसमान डेम्बेलेलाई बेच्ने तयारी गरिरहेको छ । द टेलिग्राफले उल्लेख गरेअनुसार यी दुबै खेलाडीमाथि क्लबले २६७ मिलियन पाउन्ड खर्च गरेको छ । यदि उनीहरुलाई क्लबबाट ठूलो रकममा बेच्न सकेमा आर्थिक टेवा मिल्ने पनि विश्वास गरिएको छ ।

बार्सिलोनाले ब्राजिली स्टार काउटिन्होलाई लिभरपुलबाट १४२ मिलियन पाउन्ड र डेम्बेलेलाई बोरुसिया डर्टमन्डबाट १२४.५ मिलियन पाउन्ड तिरेर क्लबमा ल्याएको थियो ।

क्याटलान क्लबले चार खेलाडीसँग आयक्सका गोलकिपर एन्डे« ओनानासँग साट्न खोजेको रिपोर्टले जनाएको छ । ती चार खेलाडीमा वैकल्पिक गोलकिपर नेटो, युवा खेलाडीहरु रिकी पुइग, एलेक्स कोलाडो वा काल्र्स एलेना रहेका छन् ।

बार्सिलोनाका मालिक क्वीक सेटिनले क्लबकै पूर्व केटा नेयमार र इन्टरमिलानका स्ट्राइकर लाउटारो मार्टिनेजका लागि कोष जम्मा गर्न चाहेका छन् । हरेकको मूल्य १ सय मिलियन पाउन्ड हुने अपेक्षा गरेको छ ।