सरकारले करिब २७ अर्ब आन्तरिक ऋण तिर्यो


नेपाल समाचारपत्र, काठमाडौं

सरकारले बैशाख ८ गतेसम्म २६ अर्ब ९७ करोड रुपियाँ आन्तरिक ऋण तिरेको छ । २४ अर्ब ५७ करोड ४८ लाख बराबरको ट्रेजरी बिल र २ अर्ब ४० करोड बराबरको आन्तरिक ऋणपत्र तिरेको हो ।

हालसम्म सरकारलाई ५ खर्ब १५ अर्ब ९९ करोड ७१ लख आन्तरिक ऋण रहेको छ । जसमा १ खर्ब ४७ अर्ब २१ करोड ८१ लख बराबरको ट्रेजरी बिल, ३ खर्ब ५९ अर्ब ९४ करोड ७० लाखबराबरको विकास ऋणपत्र, ८ अर्ब ३७ करोड ६२ लाख बराबरको नागरिक बचतपत्र तथा ४५ करोड ५८ लाख बराबरको वैदेशिक रोजगार बचतपत्र रहेका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा सरकारले १ खर्ब ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा २०७७ वैशाख ८ गतेसम्म २५ अर्ब बराबरको ट्रेजरी बिल, ६५ अर्ब बराबरको विकास ऋणपत्र र ४२ लाख २० हजार बराबरको वैदेशिक रोजगार बचतपत्र गरी कुल ९० अर्ब ४२ लाख २० हजार रुपियाँ बराबरको आन्तरिक ऋण परिचालन गरेको राष्ट्र बैंकले जनाएको छ ।