लायन्स क्लबले दियो ५७ लाखको स्वास्थ्य सामग्री


काठमाडौं, (नेस) ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा दिन प्रतिदिन बढिरहेका बेला नेपाली लायन्सहरूको तर्फबाट नेपाल सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

नेपाली लायन्सहरूको तर्फबाट लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिस्ट्रिक–३२५ नेपालद्वारा कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका लागि स्वास्थमन्त्री भानुभक्त ढकाललाई ५७ लाख ४९ हजार रुपियाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

क्लबले पीपीई २ हजार सेट, केएन नाइन्टी फाइभ मास्क ५ हजार थान, सर्जिकल ग्लोब्स ५ हजार जोर र एक्जामिनेसन्स ग्लोब्स २० हजार थान उपलब्ध गराएको छ ।